प्रतिनिधिसभाको आज बैठकमा मन्त्रालयगत बजेटमा छलफल हुने

samsad_22

काठमाडौं । आज प्रतिनिधिसभा बैठक बस्दैछ । 

 संघीय संसद भवनमा बस्ने बैठकमा बिनियोजन बिद्येयक २०८० माथी छलफल हुनेछ । बैठक ११ बजे बोलाईएको छ ।

 संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमाथी छुटाईएको बजेटमा छलफल हुनेछ।

प्रतिनिधि सभाको हिजोको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत वन तथा वातावरण मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको छलफल गरिएको थियो, जुन सकिएको छ। 

 

प्रतिक्रिया

सम्बन्धित