ललिता निवास जग्गा प्रकरणमा थप ३ जना पक्राउ

Arrest_2

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा काठमाडौं महानगरपालिकाका अधिकृतसहित तीनजना पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले काठमाडौं महानगरका अधिवृकत शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन र नापीका कर्मचारी घमनकुमार कार्की पक्राउ गरेका हुन्।

सीआईबीका एसएसपी दिनेशकुमार आचार्यका अनुसार उनीहरुलाई काठमाडौंबाट पक्राउ गरिएको हो। सीआईबीले सोही प्रकरणमा केही दिनअघि सात जानालाई पक्राउ गरेको थियो । पक्राउ परेका भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीर शाहसहित चार जनामाथि सिआईबीले हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । तिन जनालाई अदालतको आदेशले अनुसार रिहा गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित