नायक सारुक ताम्राकार भेटिए झुन्डिएको अवस्थामा मृत, आत्महत्या गरेको आशंका

saruk-tamrakar
काठमाडौं ।

फिल्म अभिनेता सारुक ताम्राकार काठमाडौं रातोपुलस्थित घरमा मृत भेटिएका छन् । उनी बिहीवार राति ११ बजे झुण्डिएको अवस्थामा मृत फेला परेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए ।

घटनास्थलको मुचुल्कापछि उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । उनको मृत्युको कारणबारे नखुलेको र अनुसन्धान भैरहेको समेत प्रवक्ता रिजालले जनाए ।

फिल्म ‘रानी’बाट अभिनय करिअर थालेका सारुकले ‘मेरी मामु’ र ‘इन्टु मिन्टु लण्डन’मा अभिनय गरेका छन् । उनी पछिल्लो समय फिल्म ‘ह्यासट्याग माया’को छायांकनमा ब्यस्त थिए ।

प्रतिक्रिया

सम्बन्धित