उपत्यकासहित यी भू–भागमा भारी वर्षा, सिन्धुलीको रानीबासमा जलसतह सतर्कता तहभन्दा माथि

raining

काठमाडौं । देशका विभिन्न भू–भागमा अहिले भारी वर्षा भइरहेको छ । काठमाडौंलागयत देशका विभिन्न क्षेत्रमा भारी वर्षा भइरहेको छ । गएराति देखि नै भारी वर्षा भइरहेको हो ।

कमला नदी, सिन्धुली रानीबासस्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । सिन्धुलीबाट तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा रहनेहरू बिहान अबेरसम्म सतर्कता अपनाउनु पर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

दाङको लमाही, भालुबाङ, कुसुम र आसपास अति भारी वर्षा भएको छ । उक्त क्षेत्रमा भएको अति भारी वर्षाका काराण पश्चिम राप्ती नदीको बहाव बढ्ने र सतर्कता आसपास पुग्न सक्ने महाशाखाले जनाएको छ । यसका सहायक नदीहरूको जलसतह एक्कासी बढी आकस्मिक बहाव हुनसक्ने भएकाले नदी तटिय क्षेत्रमा बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

बाकेँको कुसुम वर्षा मापन केन्द्रमा भारी वर्षा मापन भएको छ । सो क्षेत्र भई बहने स–साना खहरे खोलाहरूमा आकस्मिक बाढी आउनसक्ने, कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकोले सतर्कता अपनाउन पनि महाशाखाले जनाएको छ ।

कञ्चनपुर र कैलालीको धेरै स्थानमा भारी वर्षा भएको छ । सो क्षेत्र भई बहने कान्द्रा, दोधा, मोहना, खुटीया, सुहेली, चौधर, रंघुन, पन्टुरालगायत उक्त जिल्लाको साना खरहे खोलाहरूमा एक्कासी बाढी आउनसक्ने भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागमा रहनेहरूलेसतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

काठमाडौंमा गएरातिदेखि नै वर्षा भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित