श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३०० पुग्याे, प्रतिघण्टा ८० रुपैयाँ

shram_mantralaya_7eg9gVUEde

काठमाडाैँ । सरकारले श्रमिकहरुको न्यूनतम पारिश्रमिक केही बढाएर ताेकेकाे छ। 

 श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्‍त्रालयले आज राजपत्रमा सूचना प्रकाशित गरी श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय पुगेकाे जनाएकाे हाे।

मन्त्रालयले श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम बढेको तलब साउन १ गतेदेखि नै लागु हुने जानकारी दिएकाे छ।

आधारभूत पारिश्रमिक १० हजार ८२०  छ। महंगी भत्तासहित १७ हजार पुगेको जनाइएको छ। यसअघि न्यूनतम पारिश्रमिक मासिक १५ हजार रहेको थियो। दैनिक पारिश्रमिक ६६८ रूपैयाँ र प्रतिघण्टा ८० रुपैयाँ तोकिएको छ।

आंशिक समयमा मात्रै काम गर्ने कामदारको प्रति घण्टा ९५ रुपैयाँ पारिश्रमिक पुगेको राजपत्रमा उल्लेख छ। 

 

प्रतिक्रिया

सम्बन्धित