पोखरामा आज समाजवादी मोर्चाको सन्देशसभा , शीर्ष नेताहरूले सम्बोधन गर्ने
पोखरा । समाजवादी मोर्चाको सन्देश सभा आज गण्डकी प्रदेशमा हुने भएको छ । पोखरामा आयोजना हुने सभालाई शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् ।
सभालाई सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पोखरा आउने भएका छन्।
मोर्चाले हिजो कर्णाली प्रदेशमा सन्देश सभा सम्पन्न गरेको थियो । सो अवसरमा समाजवादी मोर्चाको कर्णाली प्रदेश कमिटी घोषणा पनि भएको छ । मोर्चाले सातै प्रदेशमा सन्देशसभा गर्ने जनाएअनुरूप पोखरामा उक्त कार्यक्रम हुन लागेको हो ।
प्रतिक्रिया