सन्दीप लामिछानेको मुद्दा : असोज १ मा पेसी तोकियो

काठमाडौं- नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने विरुद्ध दायर भएको नाबालिगमाथिको जबरजस्ती करणी सम्बन्धी मुद्दा असोज १ गते पेसी तोकिएको छ। जिल्ला अदालत काठमाडौंमा विचाराधीन मुद्दा पटकपटक पेसी चढ्ने अनि केही न केही आदेश गर्ने हुँदै सर्दै आएको छ।

 

यसअघि पनि जिल्ला अदालतले बसाइँ-सराइ गरी गएको स्थानबाट कागजात मगाउने आदेश गरेको थियो। उक्त आदेश अनुसारको विवरण जिल्ला अदालतमा पेस भएकाले असोज १ गतेका लागि पेसी तोकिएको र उक्त दिनबाट निरन्तर सुनुवाइ हुने आशा राखेको लामिछानेका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले बताए। 

यसअघि भदौ २१ गते न्यायाधीश शकुन्तला कार्कीको इजलासले पीडित किशोरी र उनको परिवार बसाइँ-सराइ गरी गएको काठमाडौंको एक स्थानीय तहबाट बसाइँ-सराइ गर्दा पेस गरिएको कागजात माग गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित