हिन्दु, बौद्ध, किराँत विधिअनुसार पशुपतिमा विश्वशान्ति महायज्ञ हुँदै

काठमाडौं । हिन्दुबौद्धकिराँत विधिअनुसार काठमाडौंको पशुपतिमा विश्वशान्ति महायज्ञको आयोजना हुने भएको छ । सामाजिक सद्भावधार्मिक सहिष्णुताराष्ट्रिय एकताको सन्देशसहित पितृ उद्धारक ानिमित्त महायज्ञ गर्न लागिएको महारुद्र परिवार फाउन्डेसनले जनाएको छ  ।

शिवरात्रीको अवसर पारेर फागुन १९ देखि २६ गतेसम्म एक साता कार्यक्रमको आयोजना हुनेछ । अष्टम पूजामुन्धुम पाठवेद पाठदोमाङ पाठश्रीमद्भागवत पाठमूलपाठ पारायणप्रज्ञा पारमिता पाठमोन्लम आदि हिन्दुबौद्धकिराँत ३ वटै धर्म विधिअनुसार पितृहरुको उद्धारको कामनासहित पाठपूजा गरिने कार्डमा उल्लेख छ । साथै प्रवचनदैनिकहवनरासलिलाभजनकीर्तनताण्डव नृत्यधामीझाँक्री पनि प्रदर्शन गरिने भएको छ । महायज्ञमा हिन्दुबौद्ध र किराँत ३ वटै धर्मका धेरै गुरुहरु एक सातासम्मै उपस्थित रहने छन् ।

हिन्दुबौद्धकिराँत एकताको सन्देश सहित यो महायज्ञको आयोजना गर्न लागिएको महारुद्र परिवार फाउन्डेसनको अध्यक्ष खगेन्द्र पोख्रेल बताउँछन् । हाम्रो देश नेपाल संस्कृति र प्रकृतिमा विश्वमै धनी देश हो । बहुलजातीबहु भाषाबहु धर्मबहु संस्कृत भएको हाम्रो देशमा सामाजिक सद्भावधार्मिक सहिष्णुताराष्ट्रिय एकता आजको आवश्यकता रहेको छ । अहिले धर्म धर्म बिच दुरी बढ्दै गईरहेको बेला यो महायज्ञले धार्मिक एकतालाई अझ मजवु तबनाई एकअर्काे धर्मको सम्मानसद्भाव र एकता कायम राख्न सहयोग गर्ने उनले बताए । यो विश्व शान्ति महायज्ञ धार्मिक रुपमामात्रै नभई राष्ट्रिय र विश्वव्यापी रुपमै आवश्यक र महत्व रहेको उनको भनाई छ । महायज्ञको लागिपूर्व युवराज्ञी हिमानी शाहलाई समेत निमन्त्रणा दिईसकेको र अन्यविशेष व्यक्तिहरुको उपस्थिति रहने पोख्रेल बताउँछन् ।

यस महायज्ञलाई शिवसेना नेपालले विशेष साथ दिएको छ । नेपालबाट युवाहरु दैनिक विदेश पलायन भईरहेको समयमा केही युवाहरुले यस्तो विशेष कार्यक्रम आयोजना गर्न लागेको देखेर आफुले साथ दिएको शिवसेना नेपालको केन्द्रीय अध्यक्ष अनिल बस्नेत (अनिलबाबा) बताउँछन् । यो महायज्ञ विश्व र नेपालको सन्दर्भमा आजको समयमा अति नै आवश्यक रहेको छ । यसले धार्मिक सद्भावसहिष्णुता र एकतालाई बचाईराख्ने मात्रै नभई विश्वमै राष्ट्रिय गौरव बढाउने भएकाले यस्तो कार्यक्रमलाई नेपाल सरकारले नै आयोजना र सहयोग गर्नुपर्ने बताए। यो पवित्र र महत्वपूर्ण कार्यक्रममा सबैले सहयोग गरेर साथ दिनुपर्ने उनको भनाई छ ।

विश्व शान्ति महायज्ञ व्यवस्थापन समितिको अध्यक्षमा सिर्जना कार्कीसचिवमा सन्देश श्रेष्ठसहसचिवमा नितु घिमिरे र कोषाध्यक्षमा खेम खरेल रहेका छन् । गतवर्षको भन्दा यो वर्षको कार्यक्रम भव्य र बृहत् हुने कोषाध्यक्ष खरेल बताउँछन् । कार्यक्रमको व्यवस्थापनमा कमजोरी नहोस् भनेर हामीले नयाँ कार्यसमति नै गठन गरेर लागि परेका छौँ । स्वयंसेवकहरु नै तीन दर्जनभन्दा बढी उपस्थित रहने उनी बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

रोल्पा दुर्घटना अपडेटः  झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको परिचय खुल्यो

रोल्पा दुर्घटना अपडेटः  झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्युजियम भ्रमण

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण

४५० तीर्थस्थल भ्रमण गरेका प्रदीप खनाललाई भारतमा अभिनन्दन

४५० तीर्थस्थल भ्रमण गरेका प्रदीप खनाललाई भारतमा अभिनन्दन