नामिबियाले दियो नेपाललाई २०७ रनको लक्ष्य

काठमाडौं ।  त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत त्रिवि क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा नामिबियाले नेपाललाई २०७ रनको लक्ष्य दिएको छ।

नामिबियाका इटनीले कीर्तिमानी शतक बनाएपछि नेपालले विशाल लक्ष्य पाएको हो ।

टस जितेर ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनाएपछि नेपालले विशाल लक्ष्य पाएको हो ।

नामिबियाका लागि इटनीले ३३ बलमा शतक बनाउँदै नेपालका कुशल मल्लको कीर्तिमान तोडेका थिए । उनी १०१ रनमा आउट भए । उनले ११ चाैका र ८ छक्का हानेका थिए ।

त्यस्तै नामिबियाका लागि माल्यान क्रुगर ५९ रनमा नटआउट रहे ।

नेपालका लागि रोहित पौडेलले २ विकेट लिएका थिए भने अविनाश बोहोरा र करण केसीले १÷१ विकेट लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित