जापानमा नीजि क्षेत्रवाट पहिलो पटक अन्तरिक्षमा रकेट प्रक्षेपण तर भयाे बिष्फोट

टोकियो । जापानी निजी कम्पनीले अन्तरिक्ष कक्षमा पठाएको रकेट बिष्फोट हुन पुगेको छ । रकेट प्रक्षेपण भएको केहि समय पछि नै सो रकेट हावामा विस्फोट हुन पुगेको छ । सो क्षणको एउटा भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । भाइरल भइरहेको भिडियोमा रकेट प्रक्षेपण भएको केही सेकेन्डमै विस्फोट भएको देख्न सकिन्छ।
नीजि कम्पनिले पठाएको यस जापानी रकेटको नाम ‘काइरोस’ रहेको बताइएको छ । काइरोस बुधवार मध्य जापानको अपतटीय वाकायामा प्रिफेक्चरबाट प्रक्षेपण गरिएको थियो। तर यसको प्रक्षेपण लगत्तै यो हावामा विस्फोट भएको समाचार संस्थाहरूले जनाएका छन । कैरोस विष्फोट भएको क्षेत्रमा केहीबेर धुवाँको मुस्लो चारैतिर देखिन्थ्यो । कतिपय ठाउँमा आगलागी पनि देखिएको छ । खुसीको कुरा यो हो कि यस विष्फोटमा कसैको हताहत भएको खबर आएको छैन। यो रकेट टोकियोको स्टार्ट अप कम्पनी ‘स्पेस वन’ले प्रक्षेपण गरेको थियो । यस असफलतामा हाल कम्पनीबाट कुनै प्रतिक्रिया आएको छैन। ‘स्पेस वन’को असफलताको भिडियो सरकारी प्रसारण च्यानल एनएचकेमा पनि देखाइएको छ ।
‘स्पेस वन’ को रकेट जापानको निजी कम्पनीले पहिलो पटक प्रक्षेपण गरेको बताइएको छ । कम्पनीको लक्ष्य यसलाई अन्तरिक्षमा सफलतापूर्वक स्थापित गर्ने र आफ्नो कम्पनीलाई यस क्षेत्रमा पहिलो निजी संस्थान बनाउने थियो तर उनीहरू यसमा असफल हुन पुगेका छन ।
%2520(6)_3Wrti8lCeC_saln1ieagurjyevvqhur8d0gxtdebvxgp7niqoadecgyjuwnzxrgenuxn25a_R4wUmjuCYb_sr6g3ktapit51xk1purgld4ljof66kwsob6wcrhmfez6sytbyt7pcrjya2ia.jpg)
आधुनिक युगको नयाँ दृष्टिकोण हो ‘एआई र मानवता’ : हरिराम रिमाल

नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी लिमिटेड) ले चन्द्रागिरि नगरपालिकालाई वि…
_SuIsIBcfDt_cdh1fxkts0maj8rijcdsfynbf35z8ezh9lx6xdrzfihlf6pdyonmmvkpgo5q_ldnD6CPB4S_5qriss0xkp5v2itunpvs616soxrv31pi3ajt6w182mi9uf8ussysnkkyssyq.jpeg)
डीएल अपलोडलाई ग्लोबल आईएमई बैंकको स्टार्टअप अवार्ड
%2520MY%2520NEWS%2520_Cc6ToM1mCt_qlyiziohebhvdhg8d7recmnzp4yt1itksls4qcb70mm9sz0xjikr7wiyrxyo_dF6fmk7L9T_xkr4vembp66suola2utj696fg0u6zln0s8tvbcqzn4f9qii4fz1u0njkhvpn.jpg)
यस्तो छ आज र भोलिको मौसम पूर्वानुमान
%2520MY%2520NEWS%2520_XAi5CF7kCw_9egw7zqyymyi1cgdjrs9gy1motxsxpsez4oebfldsysvklv15tuuqrl2a0pm_VzGE9PsoIn_jvgarqqhokbooejnmuajacpao1o5hxg08eonc2c3e1cm4t88tzmupcal2zow.jpg)
कस्तो छ आज र भोलीको मौसम पूर्वानुमान ?

सुनिता र बुचलाई फिर्ता ल्याउन 'ड्रागन' अन्तरिक्षमा पुग्यो, फेब्रुअरीमा फर्किने
%2520MY%2520NEWS%2520_BDaTR3lFNL_xjjpbhety5fsilxdtfc5rqfvqq8zqawiozaccdvkbuo8jfdctnctwglldfgt_x1DGpmlGLd_af3fmk0bk6gk9whsktelf53nuhowx8hr59rk7vfryohiyxb6dk9l8hogklpe.jpg)
यस्तो छ आजको मौसम पूर्वानुमान
%2520MY%2520NEWS%2520_e4xcLEIvmL_62lejzzohxfpbqjsldjqyvnvfbcsdek90vzojza8msszffeyeb8knr0wspqt_tN6kFcA006_yt5qwxfhxhqhmby4qx4xkdoue1x3gfilxqcxxnmdwfe1gfhazoxpdymqbyrf.jpg)
प्रतिक्रिया