साउथको एउटा यस्तो फिल्म, जो १४ भाषामा गरिदैँछ रिलिज

मुम्बइ । फ्यानले केजीएफको दुनियाँलाई निकै मन पराएपछि पुष्पाको राज पनि फ्यान माझ लोकप्रिय भए । यति मात्र होइन कान्ताराको रहस्यमय संसार पनि फ्यानको मनमा बस्यो ।  तर २०२४ मा साउथबाट एउटा फिल्म आउन लागेको छ जसमा पुष्पा, केजीएफ र कान्तारा जस्ता फिल्मलाई कडा टक्कर दिने देखिन्छ । केही समयअघि जब यो फिल्मको पहिलो झलक रिलिज भएको थियो, तब केही ठुलो हुने संकेत देखिएको थियो । 

यति मात्र होइन, अब यो डरलाग्दो फिल्ममा साउथकी एक ठूला अभिनेत्री देखिने छिन् ।  यी हुन् बाहुबली फिल्ममा काम गर्ने नायिका । त्यसयता फिल्मलाई लिएर दर्शकमाझ उत्साह छाएको छ ।अनुष्काले सन् २००५ मा आफ्नो फिल्मी करियर सुरु गरेकी थिइन् । उनले तमिल र तेलुगु सिनेमामा काम गरेकी छिन् तर मलयालम फिल्ममा काम गर्ने यो पहिलो पटक हुनेछ । यस फिल्मको नाम ‘कटनार–द वाइल्ड सोर्सर’ हो । फिल्ममा अनुष्का शेट्टीका साथै जयसूर्या र विनीत पनि देखिने छन् । यसरी फिल्म कटानारको स्टारकास्ट निकै बलियो बनेको छ ।

आफ्नो इन्स्टाग्राममा एक तस्बिर सेयर गर्दै अनुष्का शेट्टीले लेखेकी छिन्, ‘कटनारको संसारमा प्रवेश, द वाइल्ड सोर्सर।’ यसरी फेरि एकपटक अनुष्का शेट्टीको उत्कृष्ट अभिनय कौशल देख्न सकिनेछ ।‘कटानार’ मलयालम फिल्म हो, जसलाई रोजिन थॉमसले निर्देशन गर्दैछन्। कटनार १४ भाषामा रिलिज हुने तयारीमा छ, जसअनुसार अंग्रेजी, तमिल, तेलुगु, हिन्दी, बंगाली, कन्नड, चाइनिज, फ्रेन्च, कोरियन, इटालियन, रुसी, इन्डोनेसियाली र जापानीज। यसका लागि विशेष तयार पारिएको ४५ हजार स्क्वायर फुटको स्टुडियोमा यो फिल्मको छायांकन गरिएको हो । कटानारको बजेट करिब ९० करोड रुपैयाँ रहेको बताइएको छ ।

 

फिल्मको पहिलो झलकमा देखिएका ग्राफिक्स साँच्चै शानदार छन्।

प्रतिक्रिया

सम्बन्धित