ह्यारिस आयरल्याण्डको अहिलेसम्मको युवा प्रधानमन्त्री बन्दै
काठमाडौँ । आयरल्याण्डमा ३७ बर्षिय साइमन ह्यारिस प्रधानमन्त्री बन्ने भएका छन् । लियो वराडकरको राजीनामापछि देशको नेतृत्व अब युवा ह्यारिसले गर्ने भएका हुन् ।ह्यारिस सत्ता रुध दल फाइन गेल पार्टीको नयाँ नेताको रूपमा निर्वाचित भएपछि अब देशको सबैभन्दा कान्छो प्रधानमन्त्री बन्ने तयारीमा रहेका छन् ।
प्रधानमन्त्री वराडकरले बुधवार अप्रत्याशित रूपमा राजीनामा दिए पछि पार्टीले नयाँ नेता छानेको हो ।फाइन गेलको गठबन्धन साझेदारहरूको समर्थनका कारण ह्यारिसलाई रिपब्लिक अफ आयरल्याण्डको सबैभन्दा कान्छो प्रधानमन्त्रीको रूपमा मतदान गरिनेछ । देशको संसदको अप्रिल ९ मा बस्ने बैठकमा प्रधानमन्त्रीको मतदान हुने बताइएको छ ।साइमन ह्यारिस पार्टीको युवा शाखाबाट स्नातक गरेपछि राजनीतिमा सक्रिय छन् । आफ्नो स्नातक डिग्री पूरा नगरे पनि, उनले चाँडै नै आफूलाई एक समर्पित राजनीतिज्ञको रूपमा स्थापित गरे । उनले पार्टीभित्र विभिन्न भूमिका निर्वाह गरेका छन् ।
उनको अनुभव पछ्याउँदै, ह्यारिसले २०१६ देखि मध्य २०२० सम्मको आयरल्याण्डको स्वास्थ्य मन्त्रीको रूपमा सेवा गरेका थिए, त्यो समयमा उनले कोभिद-१९ महामारीमा राम्रो भूमिका खेलेका थिए । हाल थप र उच्च शिक्षा मन्त्रीको पदमा रहेका ह्यारिस अब प्रधानमन्त्री बन्ने भएका छन् ।
प्रतिक्रिया