नेपालमा शिक्षित र अनुभवी व्यक्तिको खाँचो छ

उच्च शिक्षाका लागि नेपाली विद्यार्थीहरुले विदेशलाई नै रोज्ने गरेका छन् । अधिकांश नेपाली विद्यार्थीहरु उच्च शिक्षासँगसँगै भविश्यको खोजिमा विदेशीरहेका छन् । उच्च शिक्षाका लागि अष्ट्रेलिया जाने नेपाली विद्यार्थीहरुको संख्या दिन प्रतिदिन बढिरहेको बताउनु हुन्छ एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज प्रालिका जनरल मेनेजर जयराम अर्याल । नेपालमा सोचे अनुरुपको शैक्षिक वातावरण नहुनु, रोजेको विषय अध्ययन गर्न नपाउनु तथा अष्ट्रेलियाको शिक्षा अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त हुनु र शिक्षा सँगसँगै अनुभव बटुल्ने अवसर पनि पाउने भएकाले अष्ट्रेलिया जाने विद्यार्थीको संख्या बढेको अर्याल बताउनु हुन्छ । अष्ट्रेलिया जाने विद्यार्थीहरुलाई स्वदेश नविर्सन आग्रह गर्दै स्वदेशमै केही गर्ने सोच बनाउनु पर्नेमा अर्यालको जोड छ । एक्सपर्टको अवस्था, भावि योजना, विशेषता, अष्ट्रेलियामा नेपाली विद्यार्थीको अवस्थालगायतका विषयमा जनरल मेनेजर अर्यालसँग mynewsnepal.comका लागि कुमार भण्डारीले गरेको कुराकानी :

jayaram-aryal1

० एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको स्थापना कसरी भएको हो ? – उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई गुणस्तरिय शैक्षिक परामर्शका साथ साथै विद्यार्थीहरुमा देखा पर्ने विभिन्न समस्या समाधानका लागि नै हामीले एक्सपर्टको स्थापना गरेका हौं । अष्ट्रेलियाका मुख्य ५ वटा शहरमा हाम्रो शाखा कार्यालयहरु छन् । अष्ट्रेलियाको शाखा कार्यालयहरुमा हुनु भएका निर्देशक साथीहरु पनि पहिले नेपालबाट कुनै एजुकेशन कन्सलटेन्सीकै माध्यमबाट अष्ट्रेलिया पुग्नु भएको हो । त्यस बेला उहाँहरुले अष्ट्रेलिया पुगेपछि आउने समस्याहरु, अप्ठेराहरु, आर्थिक अवस्था, शैक्षिक वातावरणलगायतका सम्पूर्ण विषयमा बुझ्नु भयो र त्यसको समाधान गर्दै जाँदा अनुभव पनि बटुल्नु भयो । मैले पनि धेरै समय अष्ट्रेलियमा विताएँ । त्यसपछि हामीबीचमा के सल्लाह भयो भने हामीले जुन समस्याहरु भोग्यौं र त्यहाँको बारेमा बुझ्ने अवसर पायौं त्यो विषयमा नेपालमा नै विद्यार्थीहरुलाई जानकारी गराउने हो भने त हामीले जस्तो समस्या अबका विद्यार्थीहरुले भोग्नु पर्दैन नि । हामीले सम्पूर्ण विषयमा जानकारी गराउन सक्छौ भन्ने लागेर नै सन् २००३ मा अष्ट्रेलियाको सिड्नीमा एक्सपर्टको स्थापना गरेका हौं । अहिले नेपाल र अष्ट्रेलियमा गरी हामीले १० वटा स्थानबाट सेवा प्रदान गरिरहेका छौं ।

० एक्सपर्टका विशेषताहरु के–के हुन् ? – हामीले विद्यार्थीहरुलाई गुणस्तरिय शैक्षिक परार्म दिनका लागि नै एक्सपर्टको स्थापना गरेका हौं । जुन बेला एक्सपर्टको स्थापना भयो त्यतिबेला देखि नै हामीले विद्यार्थीहरुलाई धेरै भन्दा धेरै जानकारी कसरी दिन सकिन्छ र समस्या देखा परेमा समाधान कसरी गर्न सकिन्छ भनेर नै काम गर्दै आएका छौं । विद्यार्थीहरुको सेवा र सुविधाका लागि नै अष्ट्रेलियामा रहनु भएका साथीहरुले कन्सलटेन्सीका सम्बन्धमा तालिम, माइग्रेसन एजेन्ट, सोलुसिटर(लयर) र अडिटरलाई नै राखेर विद्यार्थीहरुको हरेक समस्या समाधानका लागि हामीले काम गरिरहेका छौं । नेपालको कुरा गर्ने हो भने कन्सलटेन्सी क्षेत्रमा धेरै समयको अनुभव बटुल्नु भएका खेमराज संग्रौला सरको अनुभव र काम गर्ने इच्छाशक्तिका साथ गुणस्तरिय शैक्षिक परामर्श प्रदान गरिरहेका छौं ।

० एक्सपर्टले नेपाली विद्यार्थीलाई किन अष्ट्रेलिया मात्रै पठाउँदै आएको हो ? – मैले अघि पनि भनिसके हामीसँग अष्ट्रेलियाका बारेमा पोख्त हुनुभएका साथीहरु हुनुहुन्छ । हामीले अष्ट्रेलियाका बारेमा मात्र बुझेका छौं । जुन देशको बारेमा हामी विज्ञ छौं, त्यहि देशको बारेमा मात्र हामी काम गर्छौं । नजानेको काम किन गर्ने ? ‘अल्प विद्या भयंकरम्’ भनेझै हामीले अष्ट्रेलिया बाहेकका देशमा पनि विद्यार्थीलाई पठाउन थाल्यौ भने विद्यार्थीहरुलाई काउन्सिलिङ दिंदा समस्या आउन सक्छ र विद्यार्थीमा पनि कन्फ्युजनहरु देखा पर्छन् । त्यसैले हामीले अष्ट्रेलियाका लागि मात्रै काम गर्छौं । हामीले विद्यार्थीहरुलाई अष्ट्रेलियाको बारेमा पूर्ण जानकारी गराउँदै आएका छौं ।

० नेपाली विद्यार्थीहरुले अष्ट्रेलियालाई रोज्नुको कारण के हो ? – नेपाली विद्यार्थीहरुले अष्ट्रेलिया रोज्नुको दुईवटा कारण रहेका छन् । पहिलो कारण नेपालको शैक्षिक अवस्था, आफुले रोजेको विषयमा अध्ययन गर्न नपाउनु, काम गर्दै पढ्ने वातावरण नहुनु, समयमै कोर्ष नसकिनु, समयानुकुल कोर्ष परिवर्तन हुन नसक्नु, विश्वविद्यालयहरुमा राजनीति बढि हुनु नै हो भने दोस्रो कारण अष्ट्रेलियाको शैक्षिक गुणस्तरताका साथै सेवा र सुविधा नै नेपाली विद्यार्थीहरुले उच्च शिक्षाका लागि अष्ट्रेलिया नै रोज्ने गरेका हुन् । काम गर्दै पढ्ने अवसर, पढाई सकेपछि पोष्ट स्टडी भिसा, शिक्षा शुल्कको सुरक्षा, नेपाली विद्यार्थीहरुको संख्या धेरै भएकाले विद्यार्थीहरुले परिवारसँगै बसेर पढेको अनुभव, आर्थिक अवस्था हेरेर कोर्ष र स्थान रोज्न पाउनु पनि अर्को कारण हो ।

० उच्च शिक्षाका लागि अष्ट्रेलिया जानु अघि विद्यार्थीहरुले के कस्तो विषयमा जानकारी लिनु पर्छ ? – विद्यार्थीहरुले धेरै विषयमा जानकारी लिनु पर्छ । सबैभन्दा पहिले विद्यार्थीले आफुले अध्ययन गर्न लागेको कोर्ष, त्यसको भविश्य, आफ्नो आर्थिक अवस्था, यहाँको शैक्षिक अवस्था, आफु जाने स्थानको शैक्षिक वातावरण, सुरक्षाको अवस्था, आफूले रोज्ने विश्वविद्यालयको पूर्ण जानकारी लिनु आवश्यक छ । अर्को कुरा आफू त्यहाँ पुगेपछि बस्ने कसरी, काम गर्न सक्ने वातावरण, पढाईसँगसँगै काम गर्ने वातावरण लगायतका बारेमा पनि विद्यार्थीले जानकारी लिन आवश्यक छ । आर्थिक विषयमा पनि पूर्ण जानकार नभएमा ठूलो समस्या भोग्नु पर्ने हुन्छ । अर्को महत्वपूर्ण कुरा के हो भने विद्यार्थीहरुले विदेश जानु पूर्व शैक्षिक परामर्श दिने संस्थाको बारेमा अझै राम्रोसँग बुझ्नु आवश्यक छ । जुन संस्थाको माध्यमबाट आफू विदेश जान लागेको हो त्यो संस्था कस्तो हो, त्यसमा परामर्श दिने व्यक्तिहरु आधिकारिक हुन् वा होइनन्, मान्यताप्राप्त संस्था हो कि होइन्, उनीहरु एक्सपर्टिज हुन् वा होइनन्, त्यसको इतिहास, त्यसले गुणस्तरिय शैक्षिक परामर्श दिन सक्छ कि सक्दैन भन्ने विषयमा बुझ्न आवश्यक छ ।

० तपाईले भनेका सम्पूर्ण विषयमा विद्यार्थीहरुले कसरी बुझ्ने त ? – सबैभन्दा पहिले विद्यार्थीले संस्था छनौट गर्नुपर्छ । त्यसपछि संस्थाका बारेर सम्बन्धित कार्यालयमा पुगेर वा वेभसाइटको माध्यमबाट बुझ्नु पर्छ र प्रक्रिया अगाडि बढाउनु पर्छ । जस्तै एक्सपर्टको कुरा गर्ने हो भने हामीसँग आधिकारीक परामर्शदाताहरु हुनुहुन्छ भने अष्ट्रेलियामा धेरै समय विताएर अनुभव बटुल्नु भएका साथीहरु हुनुहुन्छ । जसले गर्दा हामीले गुणस्तरिय शैक्षिक परामर्श प्रदान गरिरहेका छौं ।

० विद्यार्थीहरुले एक्सपर्टलाई नै किन रोज्ने ? – म एक्सपर्ट नै भन्दिन जुनसुकै संस्था भए पनि सबैभन्दा पहिले उसले गरेको कामलाई हेर्ने हो । एक्सपर्टको कुरा गर्ने हो भने हाम्रो वेभसाईटबाट पूर्ण जानकारी लिन सकिन्छ । कार्यालयमा नै आएर पनि उनीहरुले सम्पूर्ण विषयमा जान्न सक्छन् । एक्सपर्टबाट अहिलेसम्म ठूलो संख्यामा विद्यार्थीहरु अष्ट्रेलिया गइसकेका छन् । उनीहरुबाट अनुभव लिन पनि सकिन्छ । एक्सपर्टबाट अष्ट्रेलिया गएका विद्यार्थीहरुले आजसम्म कुनै समस्या भोग्नु परेको छैन । मैले अघि पनि भने अष्ट्रेलिया र नेपालमा विद्यार्थीलाई आवश्यक पर्ने सम्पूर्ण विषयमा एक्सपर्टले काम गर्दै आएको छ । हामीले बेला बेलामा सम्बन्धित शैक्षिक संस्थाको प्रतिनिधिलाई बोलाएर फस्ट ह्याण्ड इन्फरमेशन प्रदान गर्छौं भने वर्षमा दुई पटक विशेष शैक्षिक मेलाको पनि आयोजना गर्दै आएका छौं । जसबाट विद्यार्थीले जानकारी लिन पाउँछन् । यतिमात्र होइन हामीले विद्यार्थीहरुलाई अष्ट्रेलियामा पुगेरपछि केही डलर दिएर घुम्ने र ठाउँ चिन्ने अवसर समेत प्रदान गर्दछौं । हाम्रो पहिलो प्राथमिकता भनेको सेवा नै हो । हामीले राजधानी बाहिरका शहरहरुबाट पनि विद्यार्थीहरुलाई सेवा पु-याइरहेका छौं । हामीले अब निकट भविश्यमा नै विद्यार्थीहरुको सुरक्षाका लागि नेपालबाटै बैंक खाता खोल्ने प्रक्रिया अगाडि बढाएका छौं । जसले गर्दा विद्यार्थीले पैसा बोकेर जाने भन्दा पनि डेविट कार्ड बोकेर जाने र त्यहाँ पुगेपछि सजिलै पैसा झिक्न सक्छन् ।

० राजधानी र राजधानी बाहिरका विद्यार्थीहरुमा कस्तो फरक पाउनु भएको छ ? – राजधानी र बाहिरका विद्यार्थीमा धेरै कुरामा भिन्नता देखिन्छ । राजधानीमा हरेक ठाउँका विद्यार्थी आइपुग्छन् भने राजधानी बाहिरका हाम्रो संस्थाहरुमा आउने विद्यार्थीहरु सम्बन्धित क्षेत्रका मात्र हुन्छन् । राजधानी बाहिरका विद्यार्थीहरुमा अप्ठेराहरु पनि देखिने गरेका छन् । उपत्यका बाहिर राजधानीमा भएका भन्दा राम्रो आम्दानी भएको र शैक्षिक स्तर राम्रो भएका विद्यार्थीहरु नभएका होइनन् । राजधानी बाहिरका विद्यार्थीहरुलाई आम्दानीको स्रोत देखाउन पनि समस्या छ । जस्तैः उनीहरुको जग्गा जमिन धेरै छ, कृषि र पशुपालबाट राम्रँे आम्दानी गरिरहेका हुन्छन् तर, अष्ट्रेलियाले त्यसलाई राम्रो आम्दानीको स्रोत नमान्दा उनीहरुलाई समस्या परेको छ । अर्को कुरा अष्ट्रेलियाले एसबीआई र नविल बैंकलाई मात्र मान्यता प्रदान गरेको छ । सबै स्थानमा ति बैंकको शाखा नहुँदा पनि उनीहरुलाई समस्या परेको छ ।

० उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई के भन्नुहुन्छ ? – यहाँ सोचेजस्तो सजिलो विदेशमा हुँदैन । पढ्नका लागि अष्ट्रेलिया जानुस्, राम्रँेसँग अध्ययन गर्नुस्, अष्ट्रेलियन डिग्री र अनुभव हासिल गर्नुस् तर नेपाललाई नबिर्सनुस् । साँच्चै भन्ने हो भने नेपालमा शिक्षित र अनुभवी व्यक्तिको खाँचो छ । अष्ट्रेलियामा नै हराउने होइन्, नेपाल फर्केर केही गर्नुपर्छ भन्ने सोचेर मात्र अष्ट्रेलिया जानुस् । म उहाँहरुलाई के आग्रह गर्छु भने अध्ययन पछि स्वदेशमै केही गर्ने सोच बनाउनुहोस् ।

० तर, विद्यार्थीहरु त नेपालमा फर्कने वातावरण नै छैन भन्छन् नि ? – वातावरण छैन भनेर टार्ने भन्दा पनि वातावरण आफुले बनाउने हो नि । यहाँ नै सबै सुविधा भएको भए किन अष्ट्रेलिया जानु प¥यो त ? सरकारलाई मात्र दोष दिने होइन आफुले पनि त केही सोच्नु प¥यो नि । जस्तै म पनि त नेपाल फर्केर काम गरिरहेको छु । त्यसैगरी काम गर्नुप-यो । अष्ट्रेलियामा नै हराउने हो भने कसरी हुन्छ देशको विकास ? त्यसैले आफुले नै केही गर्ने सोच बनाएर वतावरण आफैले निर्माण गर्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित