विवादमा अभिनेत्री रविना, नशामा बृद्ध महिलालाई कुटेको आरोप

काठमाडौँ । अभिनेत्री रविना टण्डन नयाँ विवादमा परेकी छन् ।रविनाले गएराति रक्सीको नशामा एक वृद्धालाई कुटपिट गरेको आरोप लागेको छ । मुम्बईको बान्द्रास्थित रिजवी ल कलेज नजिकै रविनाको कारले एक महिलालाई सामान्य ठक्कर दिएपछि शुरु भएको विवाद बढेको थियो ।
सो घटनामा रविनाका चालकसँग महिलाका परिवारका सदस्यहरूसँग झगडा गर्न थालेपछि रविना पनि कारबाट ओर्लेर उनीहरुसँग झगडा गर्न थालेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।भिडियोमा रविनाले भीडलाई भिडियो खिच्न नदिन आग्रह गरिरहेको देखिएकी छिन् ।सार्वजनिक भएको यो भिडियोमा रविनालाई पीडित परिवार र स्थानीय भीडले घेरेको छ । मानिसहरूले प्रहरीलाई बोलाउने कुरा गरिरहेका छन् । अर्कोतर्फ पीडितले प्रहरी चौकीमा उजुरी दर्ता गराउन खोजे पनि प्रहरीले कारबाही गर्न कडाइ नगरेको कुटाइ खाएकी महिलाको परिवारले बताएको छ । घाइते महिलाको उमेर ७० वर्ष रहेको बताइएको छ । उनीहरुले रविना नशामा रहेको दाबि गरेका छन् ।
सो घटनापछि रविनाका श्रीमान् अनिल थडानी मामिला सुल्झाउन प्रहरी चौकी पुगेका थिए । पीडितका परिवारका सदस्य तुरुन्तै खार प्रहरी चौकी पुगेका थिए । उनले पीडित परिवारसँग समस्या समाधान गर्ने प्रयास गरेपनि पीडित परिवार मुद्दा दर्ता नगरी मान्न तयार नदेखिएको रिपोर्टमा बताइएको छ ।पीडितक परिवारले ४ घण्टासम्म खार प्रहरी चौकीमा पर्खिए पनि उजुरी दर्ता नभएको दाबी गरेका छन् । यद्यपी प्रहरीले यस विषयमा अनुसन्धान थालेको र थप कारबाही अघि बढाएको बताएको छ ।

कलाकार बस्नेतले बिशेष कार्यक्रमका साथ थानकोट त्रिभुवन पार्क भ्रमण गर्ने

बादल र अस्मिताको अभिनयमा ‘ न दिन सकेँ खुसी तिमीलाई ‘
बालेनले चलचित्र ‘लाज शरणम्’ हेर्दै गरे धुर्मुसको तारिफ
%2520(1)%2520(1)_2nGhvzRudP_brxobbduz3vfqpy2fqpz8yy9ffieqjwkt1xbidqyiol6tr6luozxlvrkygrv_JeLpHKoaI1_vp1kpecfax9o5psdexikgxydvntnftbellygkjwebgfxp6g0vseyjzecpekg.jpg)
चलचित्रकर्मी भन्छन् : ‘महिलालाई सम्मान गर्न सिकौं, देश चलाउन जिम्मा दिऔं’
आज भक्तपुरमा सुशान्त केसीको कन्सर्ट हुदैँ
%2520(25)_ajtyADzbBR_73puvky3sfwbalpc8db2owua4zp5jph9llclgmputhj0ilfh8cxqqrvyhknh_DbbYttO3fq_fyffvvbjm8glflnjlytpaisxglcjsosnxfxidsg9u4jl5nmstpyrwshm8zxj.jpg)
‘पूर्ण बहादुरको सारङ्गी’कै उचाइ लिने अभियानमा ‘लाज शरणम्’
_cmgKrRSUgL_cq8f9z4o9dh70mlkqlytchsjvngykibbnafomg3kvsndcklbc839h8katuii_ErzuE6WwQE_pwjvzvezsu8jhlz7bbjgec8kwji54p7ju9jisqq6oosztzmouwkfcxcvmgtf.jpg)
शिवरात्रीमा ताण्डव मच्चाउने तयारीमा ‘ताण्डवम’, कलाकारले सुनाए अनुभव
%2520(22)_aBs76xLWzc_txqudpi0bfzfunnuanpv79ounrcvaag2ffdewes4tojtu3s1tt3r97hs0tlc_JK5zDXiqOX_kkgydfyc3bte6n0fsextuzqxjzb1qqtmjjbve5wkozpaur6mcuqsmsyf8lpd.jpg)
प्रतिक्रिया