" चन्द्रागिरि नगरपालिका स्तरीय माध्यमिक बिद्यालयहरुको शैक्षिक प्रदर्शनी कार्यक्रम २०८१ सम्पन्न "

 काठमाडौँ चन्द्रागिरि नगरपालिका वडा नं ३ मा अवस्थित श्री मङ्गलोदय मा. वि. मा एक दिने शैक्षिक प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ। नगर प्रमुख घनश्याम गिरीज्युको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सामाजिक बिकास समितिका संयोजक घनश्याम लुइँटेलज्यु, विभिन्न वडाका अध्यक्षज्युहरु, कार्यपालिका सदस्यज्युहरु, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालज्यु, शिक्षा बिकास तथा समन्वय इकाई प्रमुख बिचारी प्रसाद अधिकारीज्यु, शिक्षा शाखा प्रमुख सुजन राज खनाल ज्यु, वरिष्ठ बिद्यालय निरीक्षक बुद्धि प्रसाद भट्टज्यु, उक्त बिद्यालयका प्रधानाध्यापक कबिन्द्र गोपालीज्यु, ब्यबस्थापन समितिका पदाधिकारीज्युहरु, विभिन्न बिद्यालयका प्रधानाध्यापकज्युहरु, शिक्षक शिक्षिकाज्युहरु तथा बिधार्थी भाइ बहिनीहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा २१ वटा बिद्यालयहरुको ३० वटा स्टलको प्रदर्शनी रहेको थियो। बिज्ञान ,सामाजिक शिक्षा, गणित, नेपाली, अङ्ग्रेजी, कम्प्युटर बिज्ञान लगायतका बिषयमा उक्त प्रदर्शनी केन्द्रित रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित