नेविसंघ महाधिवेशले दिएको सन्देश

मुलुकको सवैभन्दा पुरानो, व्यवस्थापिका संसदको सवैभन्दा ठूलो र लोकतान्त्रिक मर्म, भावना र विचारपथमा हिँडेको दल भनेर चिनिएको नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को महाधिवेशन सम्पन्न भएको छ । लोकतन्त्रको हिमायति भएको दावा गर्ने दल कांग्रेसको १२ औं र १३ औं महाधिवेशन एक दशक यता सम्पन्न भएपनि पार्टीको नेता जन्माउने र वृद्धि गर्ने वेर्नाको रुपमा हेरिएको नेविसंघको महाधिवेशन नौं बर्षसम्म नहुँदा कांग्रेसमा नेतृत्व विकासमा वाधा पुगेको टिप्पणी आम रुपमा हुन थालेका थियो । तर, ढिलै भएपनि नेविसंघको महाधिवेशन बुधवार मतदान प्रक्रिया सम्पन्न भएसँगै सम्पन्न भएको मान्न सकिन्छ । भलै यस महाधिवेशनले पनि धेरै त्रुटीपूर्ण प्रक्रिया र पद्धतिलाई प्रश्रय दिन खोजेको पाइन्छ । ‘नहुनु मामा भन्दा कानो मामा राम्रो’ भने झै महाधिवेशनको लागि प्रतिनिधि छनौट प्रक्रिया पारदर्शी, व्यवस्थित र विधिसम्वत भएनन भनेर टिप्पणी र बिरोध नभएका होइनन्। तर विधि र प्रकृया अवलम्वन गर्न खोज्दा हुने नकारात्मक परिणाम र त्यसको असरको दूरगामी असर पर्न सक्दथ्यो । कांग्रेसको १३ औं महाधिवेशनवाट पार्टीको वागडोर सम्हालेका शेरबहादुर देउवाले विजयी हुनासाथ नेविसंघ लगायतका भातृ संस्थाको महाधिवेशन ६ महिना भित्र गर्ने जुन अठोट गर्नु भएको थियो, त्यो भने पुरा भएको छ । महाधिवेशन प्रतिनिधि छनौट पक्रियालाई व्यवस्थित बनाउनको लागि भन्दै आमरण बसेका विद्यार्थी नेतासँग स्वयं सभापतिले विधि र प्रकृया पूरा नभएका जिल्लाहरुमा पुन अधिवेशन हुने भनेर जुन प्रतिवद्धता व्यक्त गर्नु भयो, त्यसले नेविसंघमा विधि र प्रकृया भएनन भन्नेहरुलाई दरिलो झापड हानेको छ । जे होस नेविसंघको महाधिवेशनले टिके प्रथालाई निरन्तरता दिएर पदमा सँधै वसिरहन पाइन्छ कि भन्ने झिँगे दाउ हेरर वसेका चाकडी र चाप्लुसी नैं संगठन बनाउने आधार हो भन्ने मान्यता राख्नेहरुलाई बढारेको छ । यसले आगामी दिनमा नेविसंघलाई विद्यार्थीप्रति उत्तरदायी, जिम्मेवार र भावि राजनीतिलाई पनि दिशा निर्देश गर्न प्रेरण दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित