प्रधानमन्त्री देउवाले भने– कम्युनिष्ट शासन आए नेपाली जनताको बोल्ने अधिकार पनि खोसिन्छ

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा कम्युनिष्ट शासन आए नेपाली जनताले स्वतन्त्रपूर्वक हिँडडुल गर्ने र बोल्ने अधिकार समेत खोसिने बताएका छन् । देशमा कम्युनिष्ट शासन आए लोकतन्त्र नै खतरामा पर्ने र नेपाली जनताका हकअधिकार खोसिने भन्दै देउवाले नेपालमा कम्युनिष्टहरु मिलेर अधिनायकवाद ल्याउन खोजिरहेको दावी गरे । तेह्रथुमको म्याङलुङमा नेपाली कांग्रेसले आज आयोजना गरेको बृहत चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले वाम गठबन्धनका कारण नेपालको लोकतन्त्र र प्रजातन्त्र दुवै खतरामा पर्न लागेको बताएका छन् । लोकतन्त्र रक्षाका लागि लोकतान्त्रिक शक्ति एकजुट भएर संविधानको रक्षा र त्यसको कार्यान्वय अहिलेको मुख्य चुनौती रहेको उनको भनाई थियो । चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले तेह्रथमुको बिच भाग भएर निर्माण भइरहेको मध्यपहाडी लोकमार्गलाई तीव्रता दिने र बसन्तपुर म्याङलुङ सडक कालोपत्रे गर्न काम तत्कालै हुने बताए । सभालाई सम्बोधन गर्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनाव मार्फत नेपालमा कम्युनष्टि शासन हावी हुन लागेको भन्दै लोकतन्त्र रक्षाका लागि सबैलाई एकजुट हुन आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित