नियमित उपाचार गराएमा दाँतमा समस्या आउँदैन

 डा.वी.पी. भुसाल – वरिष्ठ दन्त चिकितसक दाँतको सरसफाइमा हामीले खासै ध्यान दिंदैनौं । दाँतले अनुहारको सौन्दर्यता पनि दिएका हुन्छ । तर, दाँतको सुरक्षामा नेपालीहरूले खासै ध्यान दिएको पाइँदैन । दन्त चिकित्सक डा. वीपी भुसाल दाँतलाई सबैले महत्व दिएर सुरक्षा र सरसफाइ गर्नुपर्ने सल्लाह दिन्छन् । बंगलादेश, पाकिस्तान र फिलिपिन्स गएर दन्त चिकित्सक अध्ययन गरेका डा.भुसालको अनुभवमा दाँतको सुरक्षाबाट नै मानिसको जीवनको महत्व रहन्छ । दाङको घोराहीमा बसेर चिकित्सा पेसा गर्दै आएका उनै डा.भुसालसँग दाँतको सुरक्षा र उपचारका विषयमा हाम्रा सहकर्मी विमल योगीले गरेको कुराकानी  :

० दाँतलाई कसरी सुरक्षित राख्न सकिन्छ ? – हामीले दाँत, गिजा र जिब्रोमा खासै ध्यान दिँदैनौ । यी कुरालाई समयमा ध्यान दियौं भने धेरै रोगबाट बच्न सकिन्छ । यी तीन कुरालाई ध्यान दिने हो भने ७० प्रतिशतसम्म सुरक्षित हुन सक्छौं । दाँत वा मुखमा समस्या देखियो भने तत्काल डाक्टरलाई देखाउनु पर्छ । गिजाबाट रगत आउने समस्या भयो भने त्यसले ठूलो समस्या निम्त्याउन सक्छ । दाँतबाट रगत आयो भने त्यो टीबी रोग पनि हुन सक्छ । खकारबाट पनि रगत आउँछ । मुखबाट रगत आउँदा हेलचेत्र्mयाइ गर्नु हुँदैन । दाँत दुख्यो भने हेलचेत्र्mयाइ गर्नु हुँदैन । तुरुन्त उपचार गर्नुपर्छ । समयमा उपचार गराउनु पर्छ । फोक्सोको कारणले पनि दाँतमा समस्या आउन सक्छ । शरीरको अंगमध्ये दाँत सबैभन्दा महत्वपूर्ण मानिन्छ । यसले सौन्दर्यता दिन्छ । यसको सौन्दर्यतालाई खाने कुराबाट नै ध्यान दिने हो । जे खानेकुरा खाए पनि दाँतलाई समयमा सफा गर्न भुल्नु हुँदैन । नियमित उपचार नै दाँतको सौन्दर्यताको उपयुक्त बिकल्प हो ।

० ब्रस कसरी र कुन– कुन समय गर्ने ? – विशेष गरेर बिहान र बेलुका दुई पटक ब्रस गर्नुपर्छ । त्यो पनि खाना खाएपछि मात्रै ब्रस गर्नुपर्छ । ब्रस गर्नु भनेको खाना खाएपछि दाँतमा अड्किएका कुरा बाहिर हटाएर मुखको सफई गर्नु हो । बालबच्चा र सबै उमेरका व्यक्तिले खाना खाएपछि बिहान र बेलुका दुई पटक अनिवार्य ब्रस गर्नुपर्छ ।

० दाँतमा किरा लाग्छ भन्छन् यो के हो ? – दातमा किरा लाग्ने समस्या फास्ट फुडले हो । विभिन्न खालका केमिकल मिसिएको खानेकुरा खाँदा दाँत दुख्ने समस्या हुन्छ । जस्तैः चटपटे खादा पनि दाँत दुख्ने समस्या आउन सक्छ । चटपटे खाँदा त्यसले दाँतको इनामेल घटाउने गर्छ । दाँतमा खानेकुरा अड्कियो वा खानेकुरा कुहियो भने पनि दाँत दुख्छ । दाँतमा किरा लाग्ने होइन । ब्याक्टेरियाले दाँत दुख्ने हो । ब्याक्टेरिया इन्फेक्सनले मान्छेलाई हैरान बनाउँछ । चलनचल्तीमा दाँत किराले खाएर दुख्यो भन्ने गरिन्छ । तर, किराले दाँत दुख्ने भन्दा पनि फोहर र ब्याक्ट्रियाले दाँत दुख्छ । दाँतमा किरा हुँदैन । फोहर भयो भने दुख्ने हो ।

० श्वास किन गन्हाउँछ ? – दाँतको बीचमा जमेको फोहरले गर्दा श्वास गन्हाउने हो । दाँतको सफाइमा कमी भयो भने गन्हाउँछ ।

० दाँतको आयु कति हुन्छ ? – दाँतको आयु यति भन्ने हुँदैन । दाँतको आयु बाँचुञ्जेल हुन्छ । हेरचाह गर्नुपर्छ । सफाइ गरियो भने जिन्दगीभरि दाँत सुरक्षित हुन्छ । दाँतमा समस्या भयो भने नयाँ दाँत पनि लगाउन मिल्छ । बच्चा अवस्थामा दाँतको सफाइमा ध्यान दिनुपर्छ । सातदेखि ७०–८० वर्षसम्म दाँतले काम गर्छ । मानिसका २० वटा दाँत फेरिने अवस्थामा रहन्छन् । दुधे दाँत र स्थायी दात दुई प्रकारका हुन्छ ।

० गिजा किन दुख्छ ? – बुद्धिबंगारालाई ठाउँ भएन भने गिजा दुख्ने हो । मानिसको खानपिनले गर्दा वृत्तिविकासमा समस्या भएको छ । गिजामा ठाउँ भएन भने गिजा दुख्छ । हड्डीको स्टक्चरले गर्दा पनि गिजा दुख्ने हो । फिजियो लोजिकल वा प्याथोलोजिकले गर्दा पनि गिजा दुख्छ । दाँतमा किरा अर्थात ब्याक्टेरिया लागेर पनि गिजा दुख्ने गर्छ ।

० मुखमा घाउ खटिरा किन आउँछ नि ? – सरसफाइका कारणले घाउ खटिरा आउने हो । घाउ खटिरा विभिन्न रोगले पनि आउने गर्छ ।

० सुगरका बिरामीलाई दाँतको समस्या हुन्छ ? – हुन्छ । सुगर बिरामीलाई दाँतमा अलिक धेरै समस्या आउन सक्छ । दाँतको सुरक्षा र खानपिनमा सुगरका बिरामीले विशेष ध्यान दिनुपर्छ । दाँतको सुरक्षाका लागि घरमा तयार गरेको खानेकुरा खाने नै सबैभन्दा उपयुक्त बिकल्प हो । फास्टफुड नखाने ।

० दाँतबाट ठूला रोग लाग्छ कि लाग्दैन ? – लाग्छ नि । क्यान्सरका बिरामीहरू मुखका कारण ज्यान गुमाउनुपर्ने अवस्थासम्म पुगेका हुन्छन् । दाँतबाट नै धेरै ठूला रोग लाग्न सक्छ ।

० सुर्ती खाँदा दाँत बलियो हुन्छ भन्छन् नि ? – त्यो कदापि पनि होइन । बरु सुर्ती खाने गर्दा मुखको क्यान्सर हुने गर्छ । ठूलो रोग लाग्ने गर्छ । मान्छेको ज्यान पनि जान्छ । सुर्ती खाएर मान्छेको दाँत बलिया होइन कि बरु ज्यान जान सक्छ । सुर्ती र चुरोटले प्राणघातका रोग निम्त्याउँछ । दाँत दुख्दा निको पार्न खाने पेनकिलरले किड्नी र अन्य अंगलाई असर पु¥याउँछ ।

० दाँतका लागि खानुपर्ने कुरा के हो ? – हरियो सागपात, पहेलो फलफूल खानुपर्छ । बालबालिकालाई धेरै गुलियो खान दिनु हुँदैन । गुलियो खाएपछि कुल्ला गर्ने र खाना खाइसकेपछि विहान बेलुका दुई पटक ब्रस गर्ने बानीको विकास गर्नुपर्छ ।

० नयाँ दाँत हाल्दा मुख गन्हाउँछ कि गन्हाउँदैन ? – सरसफाइमा ध्यान दिने हो भने मुख गन्हाउँदैन । दाँत विभिन्न प्रकारका हुन्छन् । चिकित्सकको सल्लाह बमोजिम राम्रा र गुणस्तरीय दाँत राखियो भने समस्या हुँदैन ।

० आजकाल युवायुवतीले दाँत बाध्ने गरेको देखिन्छ किन होला ? – दाँत बाँध्ने काम दिन प्रतिदिन बढ्दो छ । अनुहारको रुपमा सुन्दरता ल्याउनका लागि दाँत बाँधेर साइजमा ल्याउने कार्य भएको हो । दाँत विग्रिएका सबै उमेरका व्यक्तिले दाँत बाँधेर मिलाउने गर्छन् । यो प्रक्रिया अलिक लामो र महँगा मानिन्छ । तर, दाँत बाँध्ने गर्दा सौन्दर्यता बढाउँछ । दाँतमा छिद्रा भएको वा दाँत बाहिर उछिटिएको भएमा पनि बाँधेर मिलाउन सकिन्छ ।

० दाँत बाँधेर मिलाउन कति खर्च लाग्छ ? – यो प्रविधि अलिक महँगो मानिन्छ । नेपालमा न्युनतम २० हजारदेखि २ लाख ५० हजारम्म खर्च लाग्छ । दाँतको उपचार गर्दा महँगो नै पर्छ ।

प्रतिक्रिया

सम्बन्धित