लुम्बिनी केबलकारकाे 'मर्निङ अफर', टिकट आधा सस्तो

काठमाडौं । लुम्बिनी केबलकारले मर्निङ अफर’ ल्याएको छ । लुम्बिनी केबलकारले साउन १४ गतेदेखि भदौ मसान्तसम्म सोमबारका दिनहरुमा टिकटदर आधा सस्तो हुने गरी ‘मर्निङ अफर’ ल्याएको हो । गत वर्ष यो अफर सफल भएको थियो ।
पर्यटकहरुको माग अनुसार यो वर्ष पनि अफर ल्याएको कम्पनीले जनाएको छ । केबलकारको साधारण टिकट दर १ हजार रुपैयाँं छ । यो अफर अनुसार पर्यटक र भक्तजनहरुले केबलकारको दुईतर्फी यात्राका लागि ५ सय रुपैयाँ मात्र तिरे पुग्ने भएको छ । साउन १४ गतेदेखि भदौ मसान्तसम्मका ८ वटा सोमबारका दिन बिहान साढे ८ बजेदेखि १२ बजेसम्म टिकट खरिदमा साधारण टिकटदरमा ५० प्रतिशत छुटसहित मर्निङ अफर कम्पनीले जनाएको छ ।
‘बिहान साढे ८ बजेदेखि १२ बजेसम्म टिकट खरिद गर्दा मात्र छुट अफर लागु हुन्छ । तर, टिकट लिएकाहरू १२ बजेदेखि साँझसम्म आफू अनुकूल समयमा केबलकार चढ्न पाउँछन्नेछन सो बाहेक अन्य समयमा भने पुरानै टिकट दर कायम गरिएको छ । यो अफरले आम सर्वसाधारणलाई सस्तो शुल्कमा केबलकार यात्रा तथा प्रख्यात शक्ति पीठ कामाख्या मन्दिर र १ वर्षदेखि पुजाआजा हुँदै आएको दुर्गा माता मन्दिर दर्शन तथा साउनभर जलार्पण गर्ने अवसर मिल्ने कम्पनीले जनाएको छ ।साउन महिनामा वसन्तपुरको टप स्टेसनमा महादेव शिवलाई जलार्पण गर्ने व्यवस्थासमेत रहेको कम्पनीले जनाएको छ । उक्त मर्निङ अफर भारतीय पर्यटकमा पनि लागु हुने र उनीहरूले ५ सय रुपैयाँ भारुमा टिकट खरिद गर्न सक्ने छन् । लुम्बिनी प्रदेशकै पहिलो यो केबलकार गत वर्ष जेठ १५ गतेबाट सञ्चालनमा रहेको छ ।

सुनको मूल्य पून : बढ्यो
_1UYBApZJmw_hhmvij2qqd3gev79cg8v1xprhlfgevrmaxgu5of8uou9c8gnswn2j3qdby5n_STwmUPmS0R_8jqpnlvhg5bt7spa5vqnsjqp071eqlrgssizbvifr08g9cpudgo0o9nwx5yo.jpg)
करेन्ट, गुट्खा, भोला पावर, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

२५ जना महिलाले २५ सयबाट सुरु गरेको सहकारी झण्डै ७१ करोडको मालिक
_Lvw0M0yfPg_buzfrtgaprztpdhbi4rahulidezg6b1f2vnqk0z3z4k7pllbonjltjaitm7n_unm9QRkz6a_os2tmfxdhl5d04e213up7abs7jc3knpxumkkwyungidlqw5upnigtnoenbb8.jpg)
डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो
%2520(12)_ccg9YI0Vb0_wx6anenxdyl9gn7yijbd4zqsuctea7ax7lajazcwbg5froxwiwzfwvxxzmcj_MgoDHFt5Wq_68ukznb0jhkapaviigiod13a9lnutweyj072ou6lvoiqyphun2nmooshcoic.jpg)
पोखरामा पहिलो ‘नाडा अटो शो २०२५’ सम्पन्न
_8CvvJHEh1n_ojah61gs4qevxwqcgwcfm3i9qiqiowdkqop48ril4eti61ysadgqiat0jnwm_qpDarQTmSc_no5yzfvsd6zeudaays6kp1sqag23pjea4yqx4mkkfz66xhrrpf8588loaylq.jpg)
निगमले घटायो पेट्रोलियम पदार्थको मुल्य
_6TNRIBI5Kp_9pyf3zavrf90bbppvwyxkdyhdqzpbtidz7h0dc1jcenglqfweuote0vhiarz_nOxcRSM5Da_tjqrwtw4ueky8iyu4dmvcc1utorahoznh0mqewkji0yx2yvcso0d3buomipv.jpg)
मोवाइल व्यवसायी महासंघको प्रदेश स्तरीय भेला चितवनमा

प्रतिक्रिया