भक्तपुरमा टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु


भक्तपुर
भक्तपुरमा टिपरले साइकललाई ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ । आज दिउँसो करिब १ बजे भक्तपुर नगरपालिका अन्र्तगत भत्क्यको पाटीबाट च्यामासिंहतर्फ आउँदै गरेको बा ४ ख ४९३१ नम्बरको टिप्परले  ठक्कर दिँदा साइकल यात्री भक्तपुर नगरपालिका ८ च्यामासिंहका बस्ने ६५ वर्षीय आशानाराँ कोजूको मृत्यु भएको हो । 

टिप्परले सोही दिशा तर्फ आउँदै गरेको साइकललाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । कोजूलाई ख्वप अस्पतालले करिब साढे १ बजे मृत घोषणा गरेको थियो । टिपर चालक सिन्धुपाल्चोक मेलम्ची ९ भई हाल भक्तपुर नगरपालिकामै अस्थायी बसोबास गर्ने बर्ष ३३ को अमीर तामाङ प्रहरी बृत्त जगातीको नियन्त्रणमा रहेका बताइएको छ  ।

प्रतिक्रिया

सम्बन्धित