भक्तपुरमा घिँताङ घिसी कार्यक्रम सम्पन्न

भक्तपुर ।
स्थानिय कला संस्कृतीको सम्र्बद्धन एबम् संरक्षण गर्नका लागि नेकपा (माओवादी केन्द्र)को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपाल भक्तपुर नगर समितिद्वारा आयोजित घिँताङ घिसी कार्यक्रम सम्पन्न भएको छ । स्थानिय कला, संस्कृति र सम्पदाको अस्तित्वलाई जोगाउने र युवाहरुलाई कला, संस्कृति र सम्पदाको महत्वका बारेमा जानकारी गराउने तथा संरक्षणका लागि प्रेरित गर्ने उद्देश्यका साथ आयोजना गरिएको घिँताङ घिसी कार्यक्रम भब्यताका साथ सम्पन्न भएको वाईसीएल नेपाल भक्तपुर नगर समितिले जनाएको छ । 

कार्यक्रममा नेकपा माओवादी केन्द्रीय सदस्य दिलीप कुमार प्रजापति,केन्द्रीय सदस्य तथा संघिय सांसद महादेव सापकोटा, केन्द्रीय सदस्य तथा बागमति प्रदेश सांसद देवेन्द्र श्रेष्ठ,केन्द्रीय सदस्य डिपी ढकाल, जिल्ला पार्टी संयोजक सुनिल बासु,सचिव दिलकृष्ण तज,(वाईसीएल) नेपाल जिल्ला संयोजक सरराज उप्रेती,सचिव सुरेंद्र सुवाल लगाएतका उपस्थित रहेको (वाईसीएल नेपाल भक्तपुर नगर अध्यक्ष बिकाश लाखेले बताए । 

त्यस्तै (वाईसीएल) नगर समितीले कला, संस्कृति र सम्पदाको संरक्षण एबम् प्रबद्धनका लागी १० वटा वडामा सांस्कृतिक बाजा प्रशिक्षण गराउने र स्थानिय कला, संस्कृतिको जगेर्ना गर्न    नगर समितीले  अग्रसरता लिने नगर ईन्चाज राज ह्वागायोले बताए । 

घिँताङ घिसी कार्यक्रममा सरकारमा रहँदा प्रचण्डले गरेका राम्रो कामहरु र भक्तपुरमा हराउँदै गएका कला, संस्कृति र सम्पदा लगाएत सार्वजनिक जग्गा ,सार्वजनिक सम्पती खोजिका लागी ब्याङग्यत्मक कार्टुनबाट दृश्य उठान समेत गरिएको नगर अध्यक्ष राकेश सुवालले बताए  ।

 

प्रतिक्रिया

सम्बन्धित