पहिलो चरण अन्तर्गत ३२ जिल्लामा निर्वाचन सम्पन्न , ६५ प्रतिशत मत खसेको अनुमान
काठमाडौं । पहिलो चरण अन्तर्गत ३२ जिल्लामा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मतदान समग्रमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
निर्वाचन आयोगमा आयोजित बिशेष पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन ऐतिहासिक रुपमा सम्पन्न भएकोमा खुसी व्यक्त गरेका छन् । निर्वाचन आयोगले ६५ प्रतिशत भन्दा बढी मत खसेको अनुमान गरेको छ ।
प्राविधिक विषय भएकाले खसेको मतको यकिन तथ्यांक आउन समय लाग्ने प्रमुख आयुक्त यादवले बताए ।
मतदान सम्पन्न भएका उच्च पहाडी र हिमाली ३२ जिल्लामध्ये बाजुरामा सबैभन्दा बढी ८० प्रतिशत मत खसेको आयुक्त यादवले जानकारी दिएका छन् । प्राकृतिक कारणले स्थानीय तहको भन्दा कम मत खसेको अनुमान उनले गरेका छन् । निर्वाचन आयोगले मतपत्रले भरिएका अधिकांश स्थानका मतपेटिका आज नै जिल्ला सदरमुकाम ल्याइने बताएको छ ।
प्रतिक्रिया