छैठौं ब्रिक्स इन्टरनेशनल म्युनिसिपल फोरममा राष्ट्रका लागी २ घण्टा अभियान सहभागी


मस्को ।
छैठौं ब्रिक्स इन्टरनेशनल म्युनिसिपल फोरम मस्कोमा सम्पन्न भएको छ । म्युनिसिपल फोरममा नेपालका तर्फबाट फोरमका सद्भभावना दुत प्रदिप खत्रीको नेतृत्वमा १५ जना नेपालीले सहभागीता जनाएका छन् ।

फोरममा नेपालको तर्फबाट अतिथीको रुपमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य योङ कम्युनिस्ट लिंग (वाईसिएल) नेपाल केन्द्रीय ईन्चाज रामप्रसाद सापकोटा (दिपशिखा) सहित राष्ट्रका लागी २ घण्टा अभियानका अध्यक्ष मधु ढुङ्गेल,उपाध्यक्ष नरेस रंजित,बागमती प्रदेश युबा परिषद्का कार्यकारी बोर्ड सदस्य राजु कुटु सि ई क्रन्ट्रक्सनका प्रतिनिधि सुदर्शन बिष्ट, कार्ग्रो ब्यवसायी राम घिमीरे,ब्यवसायी बेद खरेल , डिकेन कुटु ,रात्रिकालीन व्यवसायी संघका बरिष्ट उपाध्यक्ष दिनेश थापा, लगाएतका टोलीले सहभागिता जनाएको फोरमका सद्भभावना दुत प्रदिप खत्रीले बताए । कार्यक्रमा सहभागि हुन नेपाली प्रतिनिधिहरु अगस्त २० मा रसिया पुगेको थियो।

कार्यक्रममा  वातावरणीय समस्याहरू, जलवायु परिवर्तन, र शिक्षा, स्वास्थ्य सेवा, संस्कृति र पर्यटनमा समाधानहरूका बारेमा  छलफलका साथै अनौपचारिक भेटघाटका क्रममा भक्तपुरमा संचालित देशकै नमुना अभियान  राष्ट्रका लागी २ घण्टा अभियानका बारेमा समेत जानकारी एबम् छलफल गरिएको कार्यक्रममा सहभागी  राष्ट्रका लागी २ घण्टा अभियानका अध्यक्ष मधु  ढुङ्गेलले बताए ।


 

प्रतिक्रिया

सम्बन्धित