मधेशमा माओवादी केन्द्रको तीव्र ओरालो यात्रामा प्रचण्डले व्रेक लगाउन सक्लान ?

बिशाल बस्नेत/न्युज कारखाना
२५ भदौ, महोत्तरी
मधेशमा माओवादी केन्द्रको तिव्र ओरालो यात्रालाई के प्रचण्डले व्रेक लगाउन सक्लान ?
मधेश प्रदेशमा अध्यक्ष प्रचण्ड सहित आधा दर्जन केन्द्रिय पदाधिकारीहरु आज र भोलि पार्टीको सागंठनिक अवस्था र पछिल्ला परिणामहरुको विषयमा निर्मम समिक्षा गर्न आईपुगेका छन ।
यही सन्दर्भलाई लिएर चिया र चौतारीहरुमा मधेशको खस्कदो सागंठनिक अवस्थालाई सुधार गर्न प्रचण्डले कस्तो रणनीति अवलम्बन गर्छ्न भन्ने आम चासो वनेको छ ।
नेता र कार्यकर्ताहरुको भावनालाई आत्मासाथ गर्न नसक्दा पछिल्लो समय असन्तुष्ट पक्षहरुहरुलाई नेकपा एमाले, जसपा, लोसपा जस्ता दलहरुले व्यवस्थापन गरिरहेको देखिन्छ ।
१ बर्षको अवधीमा माओवादी केन्द्र कै उच्च तहका नेताहरुको तथ्यांकअनुसार ६ सय भन्दा बढी नेता, कार्यकर्ताहरुले पार्टी छाडिसकेका छन ।
अझ अचम्म लाग्दो त काँहानिर छ भने नेकपा एमालेले त माओवादी केन्द्रवाट भित्र्याएका नेता, कार्यकर्ताहरुलाई पाटी बलियो वलियो वनाउने अस्त्र नै वनाएको छ ।
उदाहरणकोरुपमा महोत्तरीको अहिलेको एमालेको सागंठनिक अवस्थालाई हेर्न सकिन्छ । यसअघि भएको एमाले अधिवेशनमा माओवादीवाट नै प्रवेश गरेका वलिराम यादवलाई नेतृत्व दिइएको छ भने पदाधिकारीमा पनि अधिकांश माओवादीवाट भित्रीएकाहरु नै छन ।
जिल्लाको मात्र हैन स्थानिय तहको अवस्था हेर्ने हो भने एमालेले माओवादीवाट भित्रीएकाहरुलाई प्राथमिकतामा राखेको छ ।
महोत्तरीको उत्तरी क्षेत्र बर्दिवासमा सचिव, स-सचिव देखि पदाधिकारीमा माओवादीवाट भित्रीएकाहरु छन ।
दक्षिणतर्फ माओवादी केन्द्र बलियो देखिएका पालिकाहरुमा एमालेले उनिहरुलाई पार्टी बलियो वनाउने हतियार वनाएको छ । माओवादीको बलियो पकड भनिएको सम्सीमा माओवादीवाट नै प्रवेश गरेकालाई अध्यक्षको नेतृत्व दिइएको छ ।
यस्तो अवस्था महोत्तरीमा मात्र हैन अन्य जिल्लाहरुमा पनि देखिन्छ । केन्द्र तहका ज्वाला कुमारी साह देखि वुदिनी देविसम्म आईपुग्दा एमालेले नै उनिहरुलाई परिचालन गरेर पार्टीको संगठनलाई मजवुत वनाउदै लगेको छ भने माओवादी केन्द्र थप कमजोर वन्दै गएको देखिन्छ ।
`पार्टी कमजोर हुनुमा यस्का अन्तर्यहरु मुलतः आन्तरिक कलह नै हो ।´ केन्द्रिय सदस्य प्रकाशहरी पोखरेलले भने । `यो विषयमा पनि आज र भोलि हुने बैठकमा निर्मम समीक्षा हुनेछ ।´
वैठकमा उठेका विषयहरुको पार्टी अध्यक्ष प्रचण्ड स्वयमले दस्तावेज वनाउने र उपयुक्त छलफल गरेर निष्कर्ष निकालिने केन्द्रिय सदस्यहरुले वताएका छन ।
अझ मधेशमा संस्थापन पक्ष र संस्थापन इतरको नाममा अनेक गुटबन्दी सिर्जना भएको माओवादी केन्द्रका नेता, कार्यकर्ताहरु नै स्विकार गर्छन ।
सिरहा, सर्लाही, महोत्तरीमा पुर्व जनमोर्चा समूह र प्रचण्ड समुहविच जहिल्यै काहीँ न काहीँ मतभेद सिर्जना हुने गरेको र केही आधार ईलाका भएका ठाउँहरु अघिल्लो निर्वाचनमा समेत गुमाउनुले यस्लाई पुष्टि गरेको छ ।
यसैको परिणाम महोत्तरी क्षेत्र नं.१ मा गिरिराजमणि पोखरेलले संघमा र राजु खड्काले स्थानिय तहमा पराजय भोग्नुपरेको माओवादी केन्द्रका एक नेता वताउछ्न ।
`मधेशमा माओवादीमा देखिएको आन्तरिक कलहका कारण, असन्तुष्टि र नेता कार्यकर्ताहरुको पार्टी वहिगर्मनका विषयमा पनि बैठकमा गहन छलफल हुनेछ ।´ माओवादी केन्द्र महोत्तरीइन्चार्ज राजु खडकाले भने । `अब पार्टी कमजोर हुनुमा दोषारोपण गरेर मात्र हुँदैन मैदानमा काम गर्नुपर्ने अवस्था आएको छ ।´
मधेश प्रदेश इन्चार्ज गणेश साह एकअर्कोलाई दोष लगाउने तर कमजोरीका कारकहरुको विषयमा समीक्षा गर्न नसक्दा माओवादी केन्द्र कमजोर वन्दै गएको वताउछन ।
उन्ले एक अन्तर्वार्तामा प्रचण्डमा विकल्पको खोजी भन्दा पनि सच्चिनु पर्ने र सुधार गर्नुपर्ने कयौं ठाउँहरु भएको अभिव्यक्ति दिएका छन ।
यसरी नेता, कार्यकर्ताहरुले असन्तुष्टि र वहिगर्मनलाई नेताहरुलाई नै मुख्य जिम्मेवार ठहर्याएका छन । ६ प्रदेशमा बैठक समपन्न गरेर मधेश आईपुगेका पदाधिकारीहरुको छलफल महोत्तरीको बर्दिवास रिसोर्टमा भैइरहेको छ ।
अध्यक्ष प्रचण्ड सहित नेताहरु अग्नि सापकोटा, हरिवोल गजुरेल, गिरिराजमणि पोखरेल, नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, शक्ति बस्नेत, देव गुरुङ्ग बर्दिवास आईपुगेका छन ।
बर्षामान पुन र मात्रीका यादव भने उपचारको क्रममा चिनमा छन ।

नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
_D3BeYo1vqv_xftazfohlkw2qtglticbkq4blixiws0vslcm5yrwhz9yq1fxpkjn3k3qllnd_nYCUjmsjfM_4ts2kwytkimqrmeyhn9qp7nsrpooom6d1hfqzm1yilfbaryzw16cep78l2d9.jpeg)
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुु पर्दैन : प्रधा…
%2520(12)_GrcNHLYZTm_19p5mzels5hm1aq0e4zpdtmrjifx1p6iwofeduvmkhizzisykxcvya7xk0su_GAaHdF4kJu_kd4ni7tkkf4kcepsg3fmsuydgtjv8szv7z7upzwehppfcdwd29brvme49nyb.jpeg)
जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्…

रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै
%2520(2)_2OHfomj8Nm_di0lapdnk5klowcdcmpswiheey4hoxopconeeadddcshdqsoyq5a3qudtmxb_gBKi2NNzqw_xbzdqgzyrdg5lyhqd9d5cu8tjfuklch6dp7olugoyqtgxkhyjiszl1iissaq.jpg)
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै,यस्तो छन् कार्यसूची
_bjuaMVIhlL_zjrxml5wl0xfa0xe6sirujwvychgrjvw8hroqsbmc763r19o68pex24onxde_c7O563tx4X_t7lvnivrmfwrtdjxzdjzgvmhvpm9fbxj1ytpqzfzztj7d8pqxrcoumaeqbqc.jpg)
विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्रीको आग्रह
%2520(1)_eKYKJdfTnJ_ozb9nsxerlkfaibuw1kano3utsnlptbgyvdrsli7dyemg0zcypqmhji8t2ze_wdi0KkZrii_dl2dzmrbdobv6edjbvkkpaxympysg7hpgvdk96fm3xkrb65xvrionsbmxfgz.jpg)
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
_nACo5kMwBq_wc2d4b53xqqd76s9wyyffobzvhahq7c9kgsj39rxfku1b2k4hiocr5qk836r_7C5iqplmXA_5beaqert3dfg8mmcemxwv8n5djex9fymg4oax2we9hzd5jdqoffvvdthuxnl.jpg)
प्रतिक्रिया