चीनले नेपालमा हस्तक्षेप गरेको भारतको आरोप
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको हस्तक्षेपविरुद्ध लड्ने बताएपछि भारतले पनि मुख खोलेको छ । भारतले नेपालमा आफूले नभई उत्तरी छिमेकी मुलुक चीनले हस्तक्षेप गरेको आरोप लगाएको छ । प्रधानमन्त्रीले उक्त कुरा बोलेको भोलिपल्टै भारतको यस्तो प्रतिक्रिया आएको हो । भारतीय पत्रिका दि हिन्दुले भारत सरकारको उच्च स्रोतको हवाला दिँदै भनेको छ, ओली सरकारलाई बचाउन भारतीय होइन, चिनियाँ अधिकारीहरुले नेपालमा सबै पार्टीलाई भेटिरहेका छन् । जसले गर्दा ओलीले संसदमा अविश्वासको प्रस्ताव सामना गर्नुपरेको छ ।’ भारत सरकारका उच्च अधिकारी भन्छन्–‘ओली सरकारले राष्ट्रवादको नारा दिइरहेका छन् । तर, राष्ट्रवाद भनेको पहाडका मानिस मात्र होइन, मधेसीका दुई तिहाइ मात्र होइन, ती तीन चौथाई माग नै पूरा गर्न सकिन्थ्यो । ओलीले यसबारे काम गर्न पनि चाहेका थिए । तर, चीनले हस्तक्षेप गर्यो ।’ ओली सरकार ढाल्न भारतले कुनै भूमिका नखेलेको ती अधिकारीले दाबी गरेको समाचारमा उल्लेख छ । उनले काम गर्न नसकेको र सत्ता साझेदार दलले नै समर्थन फिर्ता दिएको भन्दै भारतीय अधिकारीले भनेका छन्, तर, संसदमा बहुमत गुमाए पनि उनले सत्तामा बसिरहन चाहेका छन् । र, त्यहाँ (नेपालमा) चिनियाँ हस्तक्षेप भएको छ र उनीहरुले संसदमा बहुमत पुर्याउने कोशिश गरिरहेका छन् ।’ नौ महिना अघि माओवादीको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका थिए । तर, अहिले माओवादीले नै समर्थन फिर्ता लिएर सरकारविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता गरेको छ । –(एजेन्सीको सहयोगमा)
प्रतिक्रिया