जापान जान चुकी नै किन ?

chuki (2)जापान जाने नेपाली विद्यार्थीहरुका लागि खुसीको खबर काठमाडौं । गुणस्तरिय उच्च शिक्षा र रोजगारीको खोजीमा नेपाली विद्यार्थीहरुको विदेशिनेक्रम बढ्दो छ । अधिकांश नेपाली विद्यार्थीहरुले प्लस टु पछिको उच्च शिक्षाका लागि विदेशलाई नै रोज्दै आएका छन् । पछिल्लो समय विकासको उच्च फड्को मारिरहेको र धेरैको आकर्षणको केन्द्रबिन्दुको रुपमा परिणत हुँदै गएको मुलुक हो जापान । विदेशी डिग्री एवम् काम गर्दै पढ्न पनि सकिने भएकाले धेरैको रोजाई बन्दै गईरहेको जापान चरम विकास गरेको मुलुक भएकाले पनि यहाँको पढाइलाई विश्वस्तरीय मानिन्छ । नेपाली विद्यार्थीहरु गुणस्तरिय शिक्षा र आकर्षक जीवनशैलीको लोभमा त्यहाँ पुग्ने गरेका छन् । उच्च शिक्षा हासिल गर्न जाने नेपाली विद्यार्थीहरुको राम्रो गन्तव्य बन्दै गएको जापानले आफ्नो कानुनमा केही परिवर्तन गर्ने भएपछि नेपाली विद्यार्थीहरु झन खुसी भएका छन् । जापान सरकारले उच्च शिक्षा अध्ययनका लागि जापान जाने विद्यार्थीहरुलाई ग्रिन कार्ड उपलब्ध गराउने भएपछि जापान जान चाहने नेपाली विद्यार्थीहरुको संख्या झन बढेको छ । जापानका प्रधानमन्त्री सिन्जो आवेको पहलमा बिदेशी बिध्यार्थीहरुलाई लक्षित गरी ग्रिन कार्ड लागू गरिने भएको हो । ५ बर्ष काम नगरी स्थाई बसोबासको आवदेन दिन नपाइने नियमलाइ संसोधन गर्दै नयाँ नियम लागू भएको हो । प्रधानमन्त्री आबेले केही समयअघि गरेको घोषणा अनुसार आउँदो आर्थिक बर्ष भित्र जापानले आफ्नो देशमा अध्यन गरेका बिदेशीहरुको रोजगारीलाई ५० प्रतिशतमा बढाउन सरकारले बिशेष योजना ल्याउने भएको छ । यो नियम लागु अवैध रुपमा २८ घण्टा भन्दा बढी समय लुकेर काम गर्नुपर्ने अवस्था नरहने बताउनु हुन्छ चुकी कन्सलटेन्सी एण्ड ल्याङ्वेज सेन्टरका प्रवन्ध निर्देशक गौतम पुडासैनी । नेपाली विद्यार्थीहरु जापानमा पढ्न पाइने र कमाई पनि हुने भएकाले धेरैको रोजाई बनेको छ । आर्थिक समृद्धिसँगै जापानमा बस्न पनि मिल्ने भएकाले शैक्षिक योग्यता बढाउन जापान जानेहरुको संख्या बढ्दो छ । जापानमा अंग्रेजी भाषा नभई जापानीज भाषा प्रयोग गरिन्छ । त्यसैले अंग्रेजीमा कमजोर नेपाली विद्यार्थी पनि सामान्य जापानी भाषा सिकेर अध्ययनका लागि जापान जान सक्ने प्रवन्ध निर्देशक पुडासैनी बताउनु हुन्छ । अध्ययनका लागि विदेश जाँदा कयौं नेपाली विद्यार्थीहरुले समस्या भोग्नु परिरहेको अवस्थामा भने विद्यार्थी अफै सचेत हुनुपर्ने चुकीका बजार प्रवन्धक राजेन्द्रराज गिरी बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ–‘विद्यार्थीहरुले आफु पढ्न जाने संस्था, त्यहाँको शैक्षिक अवस्था, काम गर्ने समय, रहन सहन, शैक्षिक वातावरण मात्र नभई नेपालमा पनि आफूले अप्लाई गर्ने संस्थाको बारेमा बुझ्नुपर्छ ।’ तुलनात्मक रुपमा अन्य देशभन्दा उदार भएकाले जापान अहिलेको अवस्थामा उपयुक्त शैक्षिक गन्तव्य बन्दै गएको पुडासैनीको भनाई छ । पुडासैनी भन्नुहुन्छ–‘अध्ययनपश्चात वर्किङ भिसामा पनि काम गर्न पाइने र शिक्षासँगै कमाइ पनि हुने भएकाले जापान अहिले लोभलाग्दो शैक्षिक गन्तव्य बनेको हो ।’ स्थापनाको तीन वर्षमा नै शाखा विस्तार गरी चुकीले जापानमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई गुणस्तरिय शैक्षिक परामर्श प्रदान गर्दै आएको छ । काठमाडौंको पुतलीसडकमा मुख्य कार्यालय रहेको चुकीले कालीमाटीमा नयाँ शाखा स्थापना गरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई सेवा विस्तार गरेको हो । चुकीले नेपाली विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनका लागि जापान पठाउँदै आएको छ भने कोरियन, चाइनिज, हिब्रु भाषा तयारी कक्षा पनि सञ्चालनमा ल्याएको छ । त्यस्तै आइइएलटिएस, टोफल, स्याटलगायतका कक्षाहरु पनि सञ्चालन ल्याउने तयारी भइरहेको प्रवन्ध निर्देशक पुडासैनी बताउनुहुन्छ । ddddविद्यार्थीहरुका लागि तयारी कक्षा समेत दिंदै आएको चुकीले विद्यार्थीहरुको रोजाई अनुसार जापानको कुनैपनि शहरमा पठाउँदै आएको छ भने श्रव्य÷दृश्य माध्यमबाट दैनिक कक्षा सञ्चालन गर्दै आएको छ । साथै भाषा कक्षा र भिषा प्रोसेसिङमा पनि निशुल्क सेवा प्रदान गर्दै आएको छ । यसअघि देखि नै चुकीले एसएलसी पास भएका विद्यार्थीहरुलाई अध्ययनका लागि जापान पठाउँदै आएको थियो । जापानमा पुगेका विद्यार्थीहरुले भाषा कक्षा लिइसकेपछि स्नातक स्तरमा नै सहभागी हुन पाउने गरी चुकीले एसएलसी पास भएका विद्यार्थीहरुलाई जापान पठाएर सेवा प्रदान गरिरहेको छ । जापानमा मात्र विद्यार्थीहरु पठाउँदै आएको चुकीले भविश्यमा अष्ट्रेलिया, अमेरिका, न्युजिल्याण्ड, डेनमार्कलगायतका मुलुकहरुमा पनि विद्यार्थीहरुलाई परामर्श सेवा प्रदान गरि अध्ययनका लागि पठाउने योजना रहेको गिरी बताउनु हुन्छ । चुकीले अन्य भिसा (जस्तैः वर्किङ, भिजिट, कुक) मा जापान जान चाहनेहरुलाई पनि परामर्श गर्दै अएको छ ।

प्रतिक्रिया

सम्बन्धित