रोनाल्डोका लागि युरोकप जित्यौ : पेपे

pepeकाठमाडौं : पोर्चुगलका डिफेन्डर तथा युरो कप २०१६ को फाइनल खेलका ‘म्यानअफ दी म्याच’ पेपेले युरोकप फुटबलको उपाधि आफ्ना कप्तान क्रिष्टियानो रोनाल्डोका लागि जितेको बताएका छन्। गएराति पेरिसस्थित राष्ट्रिय रंगशालामा भएको आयोजक राष्ट्र फ्रान्ससँगको उपाधि भिडन्तमा खेलको २५ औं मिनेटमा घाइते हुँदै रोनाल्डो मैदानबाट बाहिरिएका थिए। घाइते भएर मैदानबाट बाहिरिँदै रोनाल्डो मैदानमै रोएका थिए। ‘दुर्भाग्य नै भन्नुपर्छ, हामीलाई निकै गाह्रो भयो। किनकी हामीले हाम्रो मूख्य खेलाडी रोनाल्डोलाई सुरुमै गुमायौं। रोनाल्डोले जतिबेला पनि गोल गर्न सक्छन् भन्ने सबैलाई आश थियो’–पेपेले भने । जब रोनाल्डो खेल्न नसक्ने भएर मैदानबाट बाहिरिएपछि मैले मैदानभित्र साथीहरुलाई भनेको थिएँ–‘रोनाल्डोका लागि भएपनि हामीले जित्नु पर्छ ।’ ‘प्रशिक्षकले पनि राम्रोसँग टिमसेट गरे। खेलाडी परिवर्तन पनि उचित समयमा भयो। जसले हामीलाई उपाधि जित्न सहयोग गर्यो,’उनले भने । पेपेले आफूहले युरोकपको उपाधि जितेर पोर्चुगलको फुटबल इतिहासमा नाम लेखाएको बताए। वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका इडरले खेलको १०९ औँ मिनेटमा गोल गर्दै पोर्चुगललाई उपाधि दिलाएका हुन्। पोर्चुगलले फुटबल सवैभन्दा ठूलो उपाधि जितेको यो पहिलो पटक हो।

प्रतिक्रिया

सम्बन्धित