विभिन्न कार्यक्रम गरि मनाइयो विश्व पर्यटन दिवस

काठमाडौँ । पर्यटन र शान्ति भन्ने मूल नाराका साथ ४५ औं विश्व पर्यटन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ । यसै अवसरमा काठमाडौमा आयोजित कार्यक्रमको समुदघाटन गर्दै कार्यबाहक प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालको आर्थिक समृद्धिको लागि लागि पर्यटन महत्वपूर्ण क्षेत्र भएको बताए ।
उनले देशको आर्थिक तथा सामाजिक विकासलागि शान्ति अपरिहार्य रहे जस्तै शान्ति विना पर्यटनको विकास समेत सम्भव नभएको धारणा राखे । “पर्यटनलाई नेपालको विकासको इन्जिनको रुपमा लैजान सकिन्छ । यसको लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्दै जाने प्रतिवद्द्ता यो अवसरमा व्यक्त गर्न चाहन्छु ।” उनले भने ।
यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालमा पर्यटनको व्यापक सम्भावना रहेको उल्लेख गर्दै पर्यटनबाटै आर्थिक समृद्धि हासिल गर्ने गरि राज्य र निजी क्षेत्र मिलेर काम गर्नु पर्ने बताए ।
“ यो वर्षको विश्व पर्यटनको नारा पर्यटन र शान्ति छ । पर्यटनका लागि शान्ति अपरिहार्य छ । एकातिर जलवायु परिवर्तनले विश्व आक्रान्त बनेको अवस्था छ । यसका असरलाई कम गर्दै लैजानु पर्ने छ अवस्था एकातिर छ भने अर्कोतर्फ विश्वले नै शान्ति खोजिरहेको छ । विश्व शान्तिको नै पर्यटनको लागि आधार बन्न सक्छ ।” उनले भने ।
मन्त्री पाण्डेले देशको पर्यटनको विकासका लागि राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमलाई बलियो बनाउनुको विकल्प नरहेको उल्ल्ेख गर्दै नीतिगत सुधार र व्यवसायिक बजार योजना सहित निगम सुधार गर्नु पर्ने बताए ।
यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले पर्यटनको विकासको लागि निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै सरकारले पर्यटन मैत्री नीति बनाउने तर्फ काम गरिरहेको बताए ।
मन्त्रालयका सचिव तथा नेपाल पर्यटन बोर्डका अध्यक्ष डा.गणेश प्रसाद पाण्डेले पर्यतीय पर्यटनमा नेपाल विश्वमा नै अग्रणी रहेको उल्लेख गर्दै पर्यटनबाट थप लाभ लिन सबैपक्षबीच सहकार्य आवश्यक रहेको बताए ।
बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा (कमल) ले पर्यटन र शान्तिबीच अन्योन्याश्रित सम्बन्ध रहेको उल्लेख गर्दै पर्यटनमैत्री नीतिले मात्रै पर्यटनको विकास सम्भव भएको बताए ।
होटल संघ नेपाल (हान)का अध्यक्ष विनायक शाहले होटल क्षेत्रमा अर्बौंको लगानी रहेका र करिब १० लाख व्यक्तिलाई रोजगारी सिर्जना गरेको अवस्थामा राज्यले पर्यटनलाई प्राथमिकतामा राखेर अगाडी जानु पर्ने धारणा राखे ।
होटल व्यवसायी संगीता श्रेष्ठले नेपालमा पर्यटनको व्यापक सम्भावना भएकोले पर्यटनबाटै समृद्धिको यात्रा तय गर्न सकिने धारणा राखिन् ।
४५औं विश्व पर्यटन दिवसको अवसरमा पर्यटन क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिएको थियो । यसैबीच दिवसकै अवसरमा आज जजिरा एअरलायन्स र फ्लाई दुवईबाट नेपाल आउने पर्यटकहरुलाई विमानस्थलमा स्वागत गरिएको थियो ।
नेपाल पर्यटन बोर्डमा वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले पर्यटकहरुलाई खादा तथा बुद्ध मुर्तीले स्वागत गरेका थिए ।
विश्व पर्यटन दिवसकै अवसरमा ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) ले सबैभन्दा बढि टिम्स काटट्ने पाँच वटा कम्पनीलाई सम्मान गरेको थियो भने ग्रामिण पर्यटन मञ्च (भिटोफ) ले गुल्मी, धादिङ र संखुवासभाका तीनवटा होमस्टेलाई ३ वटा होमस्टेहरुलाएई पर्यटन गाउँ घोषणा गरेको थियो ।

सुनको मूल्य पून : बढ्यो
_1UYBApZJmw_hhmvij2qqd3gev79cg8v1xprhlfgevrmaxgu5of8uou9c8gnswn2j3qdby5n_J2h5hgqTvp_9iyelnlnxa5zxxoxrhqtt9nxykan0pjzbxsyccyq61exfx86ix8v6qsjb0i4.jpg)
करेन्ट, गुट्खा, भोला पावर, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

२५ जना महिलाले २५ सयबाट सुरु गरेको सहकारी झण्डै ७१ करोडको मालिक
_Lvw0M0yfPg_buzfrtgaprztpdhbi4rahulidezg6b1f2vnqk0z3z4k7pllbonjltjaitm7n_fSzdRRuiG9_gldxgf43mgy1dglbb7jxohdqpavy3guy0io9pne8cvaxqxoqlhogzi0aimjz.jpg)
डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो
%2520(12)_ccg9YI0Vb0_wx6anenxdyl9gn7yijbd4zqsuctea7ax7lajazcwbg5froxwiwzfwvxxzmcj_raDx8YcDPA_wnrlc7hgbuurov6josvb0a0hd7tl7ndgrjhjk7p6biccpug3fynnwbkn2uj5.jpg)
पोखरामा पहिलो ‘नाडा अटो शो २०२५’ सम्पन्न
_8CvvJHEh1n_ojah61gs4qevxwqcgwcfm3i9qiqiowdkqop48ril4eti61ysadgqiat0jnwm_SBRGBHnqWr_hsndf6ehfmv4rc4fpo6ej20wcaelvqgq6nzbgykebjxycxd9ashj6uhyurlx.jpg)
निगमले घटायो पेट्रोलियम पदार्थको मुल्य
_6TNRIBI5Kp_9pyf3zavrf90bbppvwyxkdyhdqzpbtidz7h0dc1jcenglqfweuote0vhiarz_uxfrAHAkaf_arzjf8io5inlqhsx2qrqvl67kuakmmjw8wivfqwvvyjr8dqo37ygcy4r242d.jpg)
मोवाइल व्यवसायी महासंघको प्रदेश स्तरीय भेला चितवनमा

प्रतिक्रिया