माओवादीको विरोध सरकारमा नहुनुको छटपटी होः प्रधानमन्त्री ओली

विराटनगर ,
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) को विरोध र आन्दोलन सरकारमा नरहनुको छटपटी भएको बताएका छन् ।
विराटनगरमा सोमबार साँझ पत्रकारहरुको जिज्ञाशामा प्रधानमन्त्री ओलीले हुँदै नभएका कतिपय विषयलाई अनावश्यक विवादको मुद्धा बनाउन नहुने पनि जोड दिए ।
अमेरिकी स्टेट सपोर्ट प्रोग्राम (एसपिपी) मा सरकारले सम्झौताको तयारी गरेर राष्ट्र र राष्ट्रियतालाई कमजोर पार्न खोजेको भन्ने प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आरोपका सम्बन्धमा नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानन्त्री ओलीले अहिले एसपिपीको कुनै कुरा वा चर्चा नै नभएको जवाफ दिए ।
संविधान संशोधनका लागि आयोग गठन हुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले यो विषय संसद्को विषय भएकाले आयोग गठन गरिरहनु नपर्ने जनाए ।
सरकारको निर्देशनबमोजिम नेपाल विद्युत् प्राधिकरणले लाइन काटिएका उद्योगमा लाइन जोडिएको छैन नि भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले भने, ‘नजोडिएको भए हेर्दै जाउँ । हामी उद्योग र कलकारखानालाई काम गर्न सक्ने र आर्थिक समृद्धिका लागि आवश्यक काम गर्दै जानेछौँ ।’

नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
_D3BeYo1vqv_xftazfohlkw2qtglticbkq4blixiws0vslcm5yrwhz9yq1fxpkjn3k3qllnd_1MidKvXXL3_wuzmvl9qc2wudsimpca9vkejkxdzciq3sv7bsjvdymufeme1nzw2s6ml8rxq.jpeg)
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुु पर्दैन : प्रधा…
%2520(12)_GrcNHLYZTm_19p5mzels5hm1aq0e4zpdtmrjifx1p6iwofeduvmkhizzisykxcvya7xk0su_84EQWYWlXz_3ngmce34ggj0zfsrjfi3hctuqxvkhy673gcenpttz6lo9soctmjhdz9b6zd3.jpeg)
जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्…

रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै
%2520(2)_2OHfomj8Nm_di0lapdnk5klowcdcmpswiheey4hoxopconeeadddcshdqsoyq5a3qudtmxb_yNskpGNzBp_7gfruookvwl4uk3f21yiklwcdhkefnxjlwgqyueum1vbbqdpxnzonbcpzejh.jpg)
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै,यस्तो छन् कार्यसूची
_bjuaMVIhlL_zjrxml5wl0xfa0xe6sirujwvychgrjvw8hroqsbmc763r19o68pex24onxde_T0ZDNLiVVi_ohqv5fmevl0uimahdjuqldlev0dh8rjrda8lxdzmnb4veml44wkfdc6sfc8a.jpg)
विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्रीको आग्रह
%2520(1)_eKYKJdfTnJ_ozb9nsxerlkfaibuw1kano3utsnlptbgyvdrsli7dyemg0zcypqmhji8t2ze_GHGAVVPv7u_twg7af3adut6oof87ciaz1uvmlaa52axmcodffabcmlkrgu6ai2kl5sjzuee.jpg)
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
_nACo5kMwBq_wc2d4b53xqqd76s9wyyffobzvhahq7c9kgsj39rxfku1b2k4hiocr5qk836r_ehlBukJZf4_sbbdkkwkg23zs73niqkituyjmrkgcogtkztehy8lenfoe2otlsryph3txncz.jpg)
प्रतिक्रिया