विश्वकै छैटौं प्रदूषित सहर बन्यो काठमाडौं
काठमाडौं । काठमाडौं विश्वकै छटौं प्रदूषित सहर बनेको छ । बिहीबार बिहान काठमाडौं विश्वकै छैटौँ प्रदूषित सहर बनेको हो ।स्विटजरल्याण्ड मुख्यालय रहेको आईक्यूएअरका अनुसार यो समाचार तयार पार्दासम्म काठमाडौंको प्रदूषण १ सय ७० एक्यूआई मापन गरिएको छ ।
यो सूचकांक १०० देखि माथि पुग्नु मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यस्तो वायुमा धेरै समय बिताए स्वास्थ्यमा प्रतिकूल असर देखाउन सक्छ ।
पाकिस्तानको लाहोर विश्वकै प्रदूषित सहरको शीर्ष स्थानमा कायम रहेको छ । त्यहाँको एक्यूआई ७०८ रहेको छ ।यो निकै खतरनाक मानिन्छ । उता, भारतको नयाँ दिल्ली दोस्रो स्थानमा रहेको छ । त्यहाँ एक्यूआई ४२४ मापन गरिएको छ ।
प्रतिक्रिया