पार्टी अनुशासन विपरीत काम गरेको अभियोगमा नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईंविरूद्ध उजुरी दर्ता
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाली कांग्रेस कै नेता राजेन्द्र बजगाईंविरूद्ध उजुरी दर्ता गरेका छन् ।
पार्टी अनुशासन विपरीत काम गरेको भन्दै कांग्रेस सहमहामन्त्रीसमेत रहेका पर्यटनमन्त्री पाण्डेले पार्टी अनुशासन समिति तथा संसदीय दलमा सांसद बजगाईंविरुद्ध उजुरी दर्ता गराएका हुन्।सांसद बजगाईँले पार्टी अनुशासन र हितविरुद्ध काम गरेको भन्दै अनुशासनको कारबाहीको माग गर्दै कांग्रेस अनुशासन समिति र संसदीय दलमा उनले उजुरी दर्ता गराएका छन्।
सांसद बजगाईंले क्यासिनो सञ्चालनको लाइसेन्स दिँदा मन्त्रीले करोडौँ रुपैयाँ घुस लिएको आरोप लगाउँदै सामाजिक सञ्जालमा लेखेका थिए ।आरोपमा सांसद बजगाईँले उक्त पैसाबाट मन्त्रीले घर किनेको समेत दाबी गरेका थिए ।
प्रतिक्रिया