जसपा नेपालबाट कीर्तिपुरको मेयरमा तेस्रो लिङ्गी हनिको उम्मेदवारी दर्ता
काठमाडौं । जसपा नेपालले कीर्तिपुर नगरपालिकामा तेस्रो लिङ्गीलाई उम्मेदवार बनाएको छ । आइतबार सो पार्टीका तर्फबाट हनि महर्जनले कीर्तिपुर नगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
नगरपालिकाको मेयरमा तेस्रो लिंगी दीपक महर्जन (हनि) र वडाध्यक्षमा राजीव महर्जन (मौनी) ले मनोनयन दर्ता गराएका छन् । यौनिक तथा लैङ्गिक समुदायको अधिकारका लागि वकालत गर्दै आएको मायाको पहिचान नेपालको पहलमा हनिलाई मेयर र मौनीलाई ४ नम्बर वडाध्यक्षको उम्मेदवार बनाइएको हो ।
प्रतिक्रिया