पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ, आज सार्वजनिक बिदा

काठमाडौँ  ।
सरकारले पूर्वसभामुख स्व दमननाथ ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको  छ ।

साथै सरकारले आज सार्बजनिक बिदा दिने निर्णय पनि गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् । साथै आज स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा आधा झण्डा झुकाउने निर्णय गरेको छ । 
ढुंगाना लामो समयदेखि कलेजो र मिर्गौला रोगको समस्याबाट पीडित थिए। आइतबार दिउँसो ८३ वर्षको उमेरमा उपचारको क्रममा उनको निधन भएको थियो। उनको पार्थिव शरीर सोमबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीका लागि सानो गौचरनमा राख्ने परिवारले जनाएको छ।

आइतबार निधन भएका ढुंगानाको आज अपराहन्न १ बजे पशुपति आर्यघाटमा अन्त्यष्टि गरिदै छ ।

प्रतिक्रिया

सम्बन्धित