डीआईजीमा बढुवाका लागि सिफारिस भए नेपाल प्रहरी अस्पतालका ३ एसएसपी
काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका तीनजना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।
आइतबार बसेको बढ़ुवा समितिको बैठकले प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह चिकित्सकतर्फका एसएसपी डा। दामोदर पौडेल, डा।मजोज कुमार यादव र डा। संजिता दाहाल (घिमिरे) लाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।
प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम ९४० अनुसार निर्णय गर्दै उनीहरुलाई डीआईजी पदमा बढ़ुवा गर्न सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।उनीहरु तीनै जनाको दरबन्दी नेपाल प्रहरी अस्पताल महाराजगंज, काठमाडौंमा रहेको छ ।
प्रतिक्रिया