दुर्गा प्रसाईलाई म्याद थप्न अदालत लगिँदै


काठमाडौं । प्रधाानमन्त्री केपी शर्मा ओलीको विरुद्ध नक्कली डकुमेन्ट बनाएको आरोपमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईँमाथि थप अनुसन्धान गर्न आज म्याद थप हुँदैछ ।

मंगलबार पक्राउ परेका प्रसाईलाई अदालत लैजान समय अपुग भएको जनाउँदै सिआईबीले उनलाई आज म्याद थपका लागि अदालत लैजाने जनाएको छ । पक्राउको २४ घण्टाभित्र अदालत उपस्थित गराउनुपर्ने भएकोले प्रहरीसँग अझै समय छ ।

भक्तपुरस्थित आफ्नै घरबाट पक्राउ परेका उनलाई सीआईबीको कार्यालय पुर्‍याएर मेडिकल गरिएको थियो । उनीमाथि साइबर क्राइम, कीर्ते र मानहानीलगायतको मुद्दा चलाउने सीआईबीको तयारी छ ।प्रसाईँले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीको करोडौं रहेको भन्दै ‘फेक डकुमेन्ट’ सहित अफवाह फैलाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित