दुर्गा प्रसाईंको मुद्दा न्यायाधीशद्वय पौडेल र पाण्डेयको इजलासमा
काठमाडौं । साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको तर्फबाट दायर बन्दी प्रत्यक्षीकरणको निवेदन पेसीमा चढेको छ ।
निवेदन न्यायाधीशद्धय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पेसी तोकिएको हो । यसअघि मनोजकुमार शर्माको एकल इजलासले बन्दीसहित उपस्थित हुन आदेश जारी गरेको थियो ।
प्रसाईंलाई थुनामुक्त गर्न माग गर्दै गत शुक्रबार उनका छोरा नीराजनले सर्वोच्चमा निवेदन दिएका थिए । उक्त निवेदनमा अदालत उपस्थित गराउन आदेश गरेपछि मङ्गलबार उनलाई सर्वोच्च उपस्थित गराइएको थियो । प्रसाईं मंसिर ४ मा भक्तपुरबाट पक्राउ परेका थिए ।
प्रतिक्रिया