ऋचा को-एड ऐजुकेशन होमका बिधार्थीहरुले गरे चन्द्रगिरि थ्रि डि आर्ट म्युजियम भ्रमण
काठमार्डौ ।
काठमार्डौको चन्द्रागिरि नगरपालिकामा रहेको ऋचा को-एड ऐजुकेशन होमका बिधार्थीहरुले आज थानकोट त्रिभुबन पार्क भित्र रहेको थ्रि डि आर्ट म्युजियम भ्रमण गरेका छन् । बिघालयमा अध्ययनरत कक्षा २ र ३का करिब ८० जना बिधार्थीहरुले आज एक बिशेष कार्यक्रमका साथ उक्त म्युजियम भ्रमण गरेको कार्यक्रम संयोजक नबराज खड्काले बताए ।
म्युजियम भ्रमण साना नानि बाबुहरुका लागि एकदमै उपलब्धीमुलक रहेको बताउँदै बिघालयका संस्थापक समेत रहेका खड्काले चाडै अन्य कक्षाका बिधार्थीहरुलाई समेत म्युजियम भ्रमण गराउने बताए । म्युजियम भित्र बनाइएका साचिक्कै झै लाग्ने बिभिन्न थ्रि डि चित्रहरु बिधार्थीहरुलाई मात्र नभई शिक्षक शिक्षिका र आपु्mलाई समेत नौलो र मनोरन्जनात्मक लागेको संस्थापक खड्काले बताए ।
म्युजियम भित्र बनाइएको यानिमल सेक्सनमा साँचिक्कै जंगल भित्र गएको , सि वल्र्डमा जादै साचिक्कै समुन्द्र भित्र पसेको जस्तो अनुभब भएको म्युजियम भ्रमणमा सहभागि एक शिक्षिकाले बताइन् ।
चन्द्रगिरि थ्रि डि आर्ट म्युजियम थानकोट त्रिभुबन पार्कको शानको रुपमा बिकास हुने कुरामा दुइमत नरहेको बताउँदै संचालक खड्काले संस्थाको उत्तरोत्तर प्रगतिको कामना समेत गरेका थिए ।
प्रतिक्रिया