स्थानीय तह उपनिर्वाचनः अहिलेसम्म २० प्रतिशत मत खस्यो
काठमाडौं । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि मतदान भइरहेको छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान भइरहेको हो ।
निर्वाचन आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालका अनुसार अहिले बिहान १० बजेसम्म १५ देखि २० प्रतिशतसम्म मत खसिसकेको छ ।५ः०० बजेसम्म हुने मतदानमा दुई लाख २६ हजार सात सय ९९ जनाले मताधिकार प्रयोग गर्ने उनले बताइन् । शान्त र सहिष्णु वातावरणमा मतदान भइरहेको उनले बताइन् ।
यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
प्रतिक्रिया