झ्यालमा बाँधिएको अवस्थामा अस्पतालका कर्मचारी मृत फेला
काठमाडौं । सप्तरीको राजविराजस्थित जिल्ला खेलकुद विकास समिति भवनको झ्यालमा बाँधिएको अवस्थामा एक कर्मचारी मृत फेला परेका छन् ।
राजविराजकै गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा कार्यरत अन्दाजी ४० वर्षीय सुधीर कुमार झा झ्यालमा बाँधिएको अवस्थामा मृत भेटिएका हुन् । छिन्नमस्ता गाउँपालिका ५ गोविन्दपुर घर भएका झा अस्पतालको टिकट काउन्टरमा कार्यरत थिए ।
उनी कार्यरत अस्पताल र घटनास्थल करिब एक किलोमिटर दुरीमा पर्छ । झ्यालमा बाँधिएको झाको दुवै खुट्टा भुईँमा देखिएकाले घटना शङ्कास्पद देखिएको छ ।सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले अस्पतालका कर्मचारी झा झुन्डिएको अवस्थामा मृत फेला परेको बताए । उनले घटना शङ्कास्पद रहेको र थप अनुसन्धान भइरहेको बताए ।
प्रतिक्रिया