पृथ्वीनारायण शाहले औंला ठड्याएको चित्रको अर्थ के ?
_wD371FVJdd_xo8fapwq45bovx4gvk1a0o0vbio7rgbrnjagohyedx56sll2naackqw6qnf6_AgvGFtWwYl_5smzlgovw92sbe0tjdkvjgio0zlxppnlz5mwspxdbntzv7wl91mksmowizxr.jpg)
काठमाडौं ।
आज पुस २७ पृथ्वीजयन्ती । वास्तवमा पृथ्वीनारायण शाहको तस्विर कस्तो थियो भन्नेमा धेरैलाई अन्योलता छ । तर सामान्यत उनको चित्रका सन्दर्भमा एउटै तस्विर दिमागमा फनफनी घुम्छ–श्रीपेच पहिरिएको र ‘चोर औंला’ उठाएको । उनका सालिक हुन् वा तस्विरमा औंला ठड्याइरहेको चित्र कसरी बन्यो ? ठडिएको औंलाको अर्थ के हो ? चित्र केबल चित्रमात्र होइन इतिहास पनि हो । कपाल, आँखा, अनुहार, आभूषण, बसेको वा उभिएको तस्विरले इतिहास झल्काउँछ ।
हुलाक टिकटका लागि पृथ्वीनारायणको चित्र कोर्ने केके कर्माचार्यले सिंहदरबार अगाडिको शालिक बनाउनु भन्दा पहिला हुलाक टिकटका लागि चित्र उतारेको दावी गरेका छन् । शालिकमा देखिएको स्केच अमर चित्रकारले उतारेका थिए । तर त्यो भन्दा अगाडि कर्मचार्यले दरबारको आग्रहमा पृथ्वीनारायण शाहको तस्विर उतारेका बताए ।
नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै उनले अमर चित्रकारले बनाएको सिंहदरबारको अगाडिको शालिक सबैभन्दा राम्रो मुर्ति भएको बताए । उनले भने, ‘सिंहदरबारको शालिक बनाउँदाखेरी अमर चित्रकारले निकै मेहेनत गरेका छन् । त्यसमा लोकल पहिरन छ । तर पछि चित्र उतार्दा श्रीपेज एवम जामा लगाएको, खानदानी लुगा पहिरिएको र औंला ठड्याउने चाँही मैले बनाएको हो ।’ यसैगरी पृथ्वीनारायण शाह जुझारु, निर्भिक र कसैसँग नडराउने व्यक्ति हुनुहुन्थ्यो । उहाँको इतिहास, स्वाभावलाई अध्ययन गरेर चित्र कोरिएको हो । उहाँ नयाँ भिजन भएको र तागत पनि देखाउने मान्छे भएकाले आफूले सोही अनुसार परिकल्पना गरेर शाहको चित्र उतारेको बताए ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति समेत रहेका कर्मचार्य भन्छन्, ‘पृथ्वीनारायणलाई लडाकु, अलि बहादुर देखिने खालको देखाउनुप¥यो भन्ने थियो । पहिलेको चित्रमा त यो कुरा देखिएन । बहादुर देखिनको लागि नयाँ चित्र बनाउन लगाइएको हो । सुरुमा उहाँको चित्र फुल समाएर सिंहासनमा बसेको सामान्य थियो । २०२४ सालतिर टिकट पृथ्वीनारायणको टिकट निकाल्ने सरकारले निर्णय भयो । राजा महेन्द्रको इच्छा थियो । म हुलाक टिकटको डिजाइन गर्थे त्यसबेला । त्यही भएको पुरानो चित्रमा फूल हटाएर मैले नै औंला राखें ।’
यसैगरी उनले पहिलेको बजारको चित्र त्यति राम्रो भएन पृथ्वीनारायणको एकीकरणकर्ताको छवि अनुसारको चित्र परिकल्पना गर्नुप¥यो भन्ने कुरा भएपछि आफूले मौलारामले कोरेको चित्रलाई समेत हेरेर र मगाएर औंला उठाएको चित्र कोरेको सुनाए । ‘अमर चित्रकार दरबारको सबै चित्र कोर्नुहुन्थ्यो त्यसबखत । उहाँलाई बालकृष्ण समले दरबारभित्र पु¥याउनु भएको थियो । उहाँ दरबार पुग्नुअघि दरबारको मात्र छुट्टै आर्टिस्ट भन्ने कोही थिएन । उहाँ पुगेपछि नै शाह राजाहरुका पोट्रेट भटाभाट बन्न थालेको हो,’ उनले अगाडि भने,‘अहिले चल्तीमा रहेको चित्र यूरोपियन शैलीमा छ । यसलाई आधुनिक पनि भनिन्छ । राजाको त चिउँडोको तलतिर पोटिलो मासु भएको देखाउनुप¥यो । फुर्तिलो देखाउनुप¥यो । अनि चित्रमा त्यस्तै देखाइएको हो ।’
‘चित्रमा हातहतियारसहित श्रृंगारिएको छ । आभूषण छ । बहादुरीपन छ । औंला राख्नुको अर्थ भनेको राजाले एकीकरण गरेको हो भन्ने कुरा देखाउनको लागि भएको हो, उनले भने । साथै उनले आफू भन्दा पहिला कोरिएको चित्रले एकीकरणको म्यासेज नदिएको बताए । उनि भन्छन्, ‘उनको पहिचान कसरी गर्ने ? औंलाको चित्रले पृथ्वीनारायणलाई पहिचान दियो । यो चित्र हेर्ने मानिसका लागि चित्रको सन्देश हो–एकीकरण । पहिलेको फोटोले एकीकरणको म्यासेज दिँदैन थियो । फूलको ठाउँमा औंला थपेर एकीरणको सन्देश दिइयो । पृथ्वीनारायणको योगदान के त भन्दा एकीकरण । अनि मंैले त्यो औंला थपिदिए ।’
गढवाली चित्रकारिताको जन्मदाता मानिने मौलारामले कोरेको पृथ्वीनारायण शाहको चित्रमा गढवाली शैली झल्किने गरेको पनि उनले बताए । त्यतिबेलाका चित्रकारितामा कांगडा शैली र गढवाली शैलीमा रहेकाले सोही अनुसार चित्र कोरिने गरेको कर्मचार्यले बताए ।
_ahdYWUiHOj_0kpuibkcrbyv78wkwfnkiipckj3somx3czevxfpwbmnzir1wototrcqbfjyf_3IYvKi7yMR_vkp2y22937tf4qqzhjnglnvr22wjmxi62mydo9mrhukozoho3q2j2uzz3sxl.jpg)
मान्छेको बद्ला मान्छे मागेका होइनौं, न्याय मागेका हौं : अन्जनी कोइराला
_DqXWp28DBH_jm4kygurvbvjev3gsgadjlxdbxg1miq8uzc7uws7ufdyg7e6yw3gdhqeuycs_8Ay95nR2aV_txzlzirxpolcjfiksrl183eqobs8vdxqn9shiyd8hk3xx3azlqxnvymzvyxe.jpg)
परापूर्व कालदेखि नै नेपाल भूकम्पको उच्च जोखिममा छ : डा.लोकविजय अधिकारी

स्वस्थानीको महत्व नेपालमा जस्तो विश्वमा कहींपनि छैन् : पण्डित न्यौपाने

पेले, संसारकै महान फुटबल खेलाडी : दिवस खपाङ्गी

थ्रि डि आर्ट म्युजियम इमाडोलमा भ्रमण गर्दाको मेरो अनुभब : शान्ति कोइराला

हिन्दु धर्ममा देवता र देवीहरू : समर बज्राचार्य

We all were excited to welcome the guest from Thailand : Dipesh Bohara

प्रतिक्रिया