रवि लामिछाने काठमाडौं अदालतमा उपस्थित

काठमाडौं।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा बयानका लागि उनी आज काठमाडौं अदालतमा उपस्थित भएका हुन् । 

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा प्रतिवादी बनाइएका लामिछाने आइतबार बिहान अदालतमा उपस्थित भएका हुन् । यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तीन महिनाको अनुसन्धान तथा थुनछेक बहसपछि न्यायाधीश नितीज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित