१०१ किलो गाँजासहित कुर्मी पक्राउ
_ScqYTqgPMc_xcqjrpwmw2ohosf6hhfskcwkeg0g9f7pyiwivzfpitcnxjukacrzlqvzqawu_hOsRfn4b4J_m9ci2mmr01u9lpeo4xyqlfe37avwxu0prowhjgbuovndjczyrzk2lmeoa6df.jpg)
काठमाडौं ।
पर्सा वीरगन्जका एक युवकसहित तीन जना लागू औषध गाँजा, चरेस र अफिमसहित मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।चितवनबाट वीरगन्जतर्फ आउँदै गरेको डिएल १३ सि १५६१ नम्बरको कारलाई मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेमा प्रहरीले रोकेर चेकजाँच गर्दा उक्त कारबाट लागू औषध बरामद भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालका अनुसार वीरगन्ज महानगरपालिका वडा नम्बर २६ अठराहा सुगौलीका २० वर्षीय राजन राउत कुर्मीलाइ १०१ किलो गाँजासहित पक्राउ गरिएको छ । पक्राउ परेका मध्ये दुई जना भारतीय रहेको उनले जानकारी दिए । भारतको हरियाणाका २५ वर्षीय कुनाल गोथ्वाल र २० वर्षीय मनिस कुमार रहेको उनले बताए ।
थाहा नगरपालिका–११ टिस्टुङ नौखण्डेको त्रिभुवन राजपथ सडकखण्डमा चरेस २१ किलो ४६० ग्राम र अफिम ३ किलो ४७० ग्रामसहित दुई जना भारतीय नागरिक पनि पक्राउ गरेको प्रहरी नायब उपरीक्षक अर्यालले जानकारी दिए । डिएल ८ सिएक्स १२२४ नम्बरको कारमा लुकाएर चरेस र अफिम ल्याइरहेको अवस्थामा उनिहरु पक्राउ परेका हुन् ।
प्रहरीले पक्राउ परेका तीनै जनालाई सार्वजनिक गर्दै लागूऔषध नियन्त्रण सम्बन्धी थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
%2520(39)_AA3tyF7LuP_ry7lakpzeuxcin8ht6jzvo5jqtdvza1wos2mu4x8frvk4ejz4xnpo4ipi3ib_WU35RJYEou_mbvvhfrzi0tevke29jyzsduwdfysjekffx0sugfycdomrc4ziz2u7aj9tbnj.jpg)
बागमती खोलामा नुवाउने क्रममा डुबेर युवकको ज्यान गयो
%2520(11)_0qAZOgBlSP_jnhymf7xxxab2bskge4tanyxos8qfph0amx131atffgcfgkw0abwi5eemcdk_oknqcG8ckR_ai4hjwd2ihbl1zz5zbgsbanjzy3w77rmm5vseejtbsewvix9wfkovdvirvn8.jpeg)
रिंकु सदायको मृत्यु प्रकरणमा अहिलेसम्म ८ जना पक्राउ
_hWWQivfRwH_6kn9bpego3ib5axozyhopet79lqmuvlmhewr9f2muediivigflbcf8msn8cw_k27H7foz0n_qtoznqs3qmpjxluurbbuskgrfdfoguzcz8ubuwrwyzsxqtc9voowlxmrrp3s.jpg)
डिपेन्डेन्ट भिसामा युके पठाउने भन्दै ठगी गर्ने दुई युवा समातिए

भक्तपुरबाट गएको २९ जना सवार तिर्थयात्राको गाडी नौविसेमा दुर्घटना, १ जना मृ…
_JLA7YIblwZ_pycsbnp8tonkkvhcxpe2fs6te19nqqvmx0qnmder8hbajis2hhomenujr1oq_9UprYyESJ8_8ousplssukhtp3odegqcoh4luvyhchpcryyxtzffcwfmcqdxiwlkut01r2yx.png)
डेढ किलो गाँजासहित तीन जना पक्राउ

तनहुँमा एकाबिहानै मोटरसाइकल दुर्घटना :आमा–छोराको मृत्यु
ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु
_f3wI6sXaIo_g2whv4hibhsr0fugqz8qxuqd8gnyjsly0mqqwx8utzd9c0vegmzbwotnxq2f_0oqvOximFl_ab0xlnoy3glfxwtpuo3hftys8r2zdikf67oi6tacfgr9i0qzlcvt3a6sb4rk.jpg)
प्रतिक्रिया