पर्यटनहरुलाई सहजता प्रदान गर्न होटल व्यावसायीमैत्री वातावरण बनाउन आवश्यक :मन्त्री पाण्डे

काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनहरुलाई नेपालमा सहजता प्रदान गर्न होटल व्यावसायीमैत्री वातावरण बनाउन आवश्यक रहेको बताएका छन् । आइतबार नेपाल होटल व्यवसायी महासंघको रजत जयन्ती समारोहमा बोल्दै उनले पर्यटनको सहजताका लागि नीति नियम परिवर्तन गरेर होटल व्यवसायमा रहेका व्यवसायीको लागि व्यावसायीमैत्री वातावरण बनाउन सधैं अगाडि बढ्न तयार रहेको बताएका हुन् ।
उनले भने, ‘पर्यटन क्षेत्रको विकासको लागि होटल मुख्य क्षेत्र हो । होटलले सुमधुर साझ बिताउने एउटा मौका दियो भने पर्यटकलाई दोहोरिएर आउँछ । पर्यटकले सुनौलो बिहानी बिताउने र शान्त र शुभ रात्रि बिताउन पाउने खालको वातावरण बन्यो भने मात्रै पर्यटक फेरी आउन सक्छ । पटक पटक आउन सक्छ , यसका लागि सबै मन्त्रालयले के गर्नुपर्छ , निजी क्षेत्रले के गर्नुपर्छ , होटल क्षेत्रका लागि के गरिनुपर्छ भन्ने खालको एउटा नीतिगत र कानूनी सुधारहरु गरेर होटेल व्यवसायमा हुनेहरुलाई सहजता प्रदान गर्नका लागि होटेल व्यावसायीमैत्री वातावरण बनाउनका लागि म प्रतिबद्ध छु ।’
यसैगरी उनले नेपाल हिमाल, पहाड, तराई ,जल, जंगल र जडिबुटिले बनेको विचित्रको भूगोल भएको बताए । उनले यति सानो नेपालमा विचित्रको सम्पदा, विविधतापूर्ण संस्कृति र प्रकृति दुनियाँमा कहिँकतै नभएको बताए ।
उनले भने, ‘विदेशतिरका नागरिकलाई हेर्ने हो भने नेपालको संस्कृतिलाई माँया गर्छन् । किनकी लुम्बिनी पनि यहीँ छ , पशुपतिनाथ पनि यहीँ छ । जानकीधाम पनि यहीँ छ , मुक्तिनाथ पनि यहीँ छ । प्रकृतिको कुरा गर्ने हो भने सबै भन्दा अग्लो ठाउँ सगरमाथा नेपालमा छ ,हिमाल, पहाड, तराई, जल,जंगल, जडिबुटि विचित्रको सम्पदा, यती सानो भूगोलमा विविधतापूर्ण संस्कृति, प्रकृति दुनियाँको कुनै पनि ठाउँमा छैन । यो कुरा भारत चिन र अन्य देशकाहरुलाई समेत थाहा छ । ’ साथै उनले विधितापूर्ण संस्कृति र प्रकृतिलाई चिनाउनमा पर्यटन तथा नागरिक उड्डयनमन्त्रालयको सबैभन्दा महत्वपूर्ण भूमिका रहेको बताए ।

नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
_D3BeYo1vqv_xftazfohlkw2qtglticbkq4blixiws0vslcm5yrwhz9yq1fxpkjn3k3qllnd_y3Qv4BkrK8_7o8cbkphs6lgvqraag95z0zfc8rfbtxtz8fhmwy5l3kcgbweluhnhh4fsuwe.jpeg)
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुु पर्दैन : प्रधा…
%2520(12)_GrcNHLYZTm_19p5mzels5hm1aq0e4zpdtmrjifx1p6iwofeduvmkhizzisykxcvya7xk0su_feskng8Gyz_mphoxze6ebu0mhad7i1dht82mibsgqngaqiiaoe49egzeayslbhhrtr8ws3o.jpeg)
जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्…

रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै
%2520(2)_2OHfomj8Nm_di0lapdnk5klowcdcmpswiheey4hoxopconeeadddcshdqsoyq5a3qudtmxb_K7cACWOkan_4xb8fquj1mev9jdahbvcurombw9menzyuhpihqf9fp0hbfnms0zktebd4jnr.jpg)
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै,यस्तो छन् कार्यसूची
_bjuaMVIhlL_zjrxml5wl0xfa0xe6sirujwvychgrjvw8hroqsbmc763r19o68pex24onxde_DhiwUhCtlh_7g90iefbqeypf8eqyqvhx3gpq4i8n2v5h9iw8vimokog9umuhtst9jgdeqym.jpg)
विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्रीको आग्रह
%2520(1)_eKYKJdfTnJ_ozb9nsxerlkfaibuw1kano3utsnlptbgyvdrsli7dyemg0zcypqmhji8t2ze_x5VKyFFwXa_7wyzawqeuknryfchntgddvu90xbdibmdahey0sfropu1dticrgqfbdv3l11b.jpg)
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
_nACo5kMwBq_wc2d4b53xqqd76s9wyyffobzvhahq7c9kgsj39rxfku1b2k4hiocr5qk836r_8JEf9LxZ9j_vpgzgbpmudwz9tadat3vfxmw5f7nkl5xkzirfzwohvfsgima8e5gxa3yfxkc.jpg)
प्रतिक्रिया