डीएल अपलोडलाई ग्लोबल आईएमई बैंकको स्टार्टअप अवार्ड
काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले आयोजना गरेको ग्लोबल आईएमई बैंकद्वारा प्रस्तुत एनवाईईएफ स्टार्टअप अवाड्र्स ४.० रूपमा सम्पन्न भएकोे छ ।
नेपाली स्टार्टअपहरूको नवप्रवर्तनात्मक भावना र उद्यमशील उत्कृष्टताको उत्सव स्वरूप आयोजित यस कार्यक्रमलाई काठमाडौँको ह्यात रेजेन्सी होटल, चाबहिलमा भएको थियो । उक्त कार्यक्रममा १५० भन्दा बढी विशिष्ट पाहुनाहरूको सहभागिता रहेको थियो ।
यस वर्षको विजेता डीएल अपलोडलाई रु. ४,००,००० नगद पुरस्कारसहित प्रतिष्ठित स्टार्टअप अवार्ड प्रदान गरियो । उपविजेताको रुपमा मेल्ट डाउनलाई रु. २,००,००० नगद पुरस्कार प्रदान गरियो भने खेतीपाती अर्गानिक्सले अडियन्स पिक अवार्ड जित्दै रु. १,००,००० प्राप्त ग¥यो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्टार्टअपहरूलाई आर्थिक वृद्धि र नवप्रवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने विषयमा जोड दिए । यस्तै प्राडा शिवराज अधिकारीले स्टार्टअपहरूलाई सफल बनाउन अनुकूल नीति निर्माणको आवश्यकता रहेको पनि औँल्याए ।
एनवाईईएफ काठमाडौँ च्याप्टरका अध्यक्ष अभिमन्यु गोल्छाले नेतृत्व गरेका थिए ।
सात उत्कृष्ट स्टार्टअपहरू :
डीएल अपलोड
मेल्ट डाउन
खेतीपाती अर्गानिक्स
ज्ञान बजार
ई–कागजपत्र
माच२० अर्बिटल्स
स्मार्टपालिक
प्रतिक्रिया