विद्युतीय व्यवसायी संघमा मिलन शिवाकोटी सर्वसम्मत
_DWPqeu21RW_jrxxh5pru5pxs1wdo9kco3zaj9bdp6gcol9lldmlafrts8n4c6ohjg0g9hfr_TrXhyhtZ30_rw5kha0utssutgxwygguxiamjxnzh6nzqbv3l7ugbv4srckgegf5tjtssilu.jpg)
काठमाडौं ।
काठमाडौं विद्युतीय व्यवसायी संघको अध्यक्षमा दोलखाका मिलन शिवाकोटी सर्वसम्मत चयन भएका छन् ।
शनिबार काठमाडौंको धुम्बाराहीमा सम्पन्न संघको आठौँ अधिवेशनले शिवाकोटीको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा श्रीलाल श्रेष्ठ, सचिवमा रेवती रमण पौडेल, कोषाध्यक्षमा अञ्जन तिमल्सिना तथा सह–सचिवमा भिष्मराज श्रेष्ठ चयन भएका छन् ।
यसैगरी, सदस्यहरूमा सुमन तिमल्सिना, मिलन बस्नेत, बलराम अर्याल, गोपालबहादुर केसी, सुरेन्द्र राज उप्रेती, अचुतम तिमल्सिना, पदम प्रसाद न्यौपाने र कमला न्यौपाने चयन हुनुभएको निर्वाचन समितिका प्रमुख दिलिप कुमार अग्रवालले जानकारी दिए । उनका अनुसार निर्वाचन कार्यक्रम सम्पन्न भएलगत्तै बसेको नयाँ कार्यसमितिको पहिलो बैठकले श्रद्धा अधिकारी साहलाई सदस्य मनोनीत गरेको छ ।
विद्युतीय व्यवसायीहरूको छाता संस्था नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रेशम प्रसाद देवकोटाको आतिथ्यता र नेपाल उद्योग वाणिज्य संघ, काठमाडौंका उपाध्यक्ष जय प्रसाद शिवाकोटीको विशेष आतिथ्यतामा संघको १५औँ वार्षिक साधारण सभा तथा आठौँ अधिवेशन सम्पन्न भएको थियो । संघको विधानबमोजिम नवनिर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ । संघको आठौँ अधिवेशनका निम्ति संघकै पूर्व अध्यक्ष समेत रहेका दिलिप कुमार अग्रवालको नेतृत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । सो समितिको सदस्यमा संघका पूर्वअध्यक्ष राजेन्द्र वैष्णव र पूर्वकोषाध्यक्ष प्रभाकर पुरी रहेका थिए ।
लामो समयदेखि विद्युतीय सामग्रीहरूको व्यापार व्यवसायमा आवद्ध रहँदै आएका नवनिर्वाचित अध्यक्ष शिवाकोटी भोटेबहालस्थित सिमा ट्रेड लिंकका प्रोप्राइटर हुन् । उनी विभिन्न सामाजिक कार्यहरूमा पनि सक्रिय रहँदै आएका छन् । निर्वाचित भएपछि अध्यक्ष शिवाकोटीले आफ्नो कार्यकालमा संघका सदस्यहरूले शीर उच्च हुनेगरी आफ्ना गतिविधिहरू सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरे । व्यवसायीहरूले भोग्दै आएको कर, भ्याट र भन्सारलगायतमा देखिएका समस्याहरू समाधान गर्न सरकारसँग लविङ गर्ने प्रतिवद्धता पनि उनले व्यक्त गरे । दुई वर्षे कार्यकालका निम्ति विस्तृत कार्ययोजना निर्माण गरेर आफू अघि बढ्ने उनको भनाइ छ ।
काठमाडौं जिल्लामा विद्युतीय सामानहरूको उत्पादन, बिक्री तथा त्यससम्बन्धी व्यवसाय गरिरहेका उद्यमी तथा व्यापारी व्यवसायीहरूबीच आपसी समन्वय र सहयोग स्थापना गरी व्यावसायिक हकहितको संरक्षण गर्न स्थापित संघमा हाल ६५० जना सदस्य छन् ।

सुनको मूल्य पून : बढ्यो
_1UYBApZJmw_hhmvij2qqd3gev79cg8v1xprhlfgevrmaxgu5of8uou9c8gnswn2j3qdby5n_zp4R0fnBRO_wnmxznlzxo3bzrk8sztphgihphq1cmtbtrefxr5pkzkhsjb1p9dszjr7wibz.jpg)
करेन्ट, गुट्खा, भोला पावर, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

२५ जना महिलाले २५ सयबाट सुरु गरेको सहकारी झण्डै ७१ करोडको मालिक
_Lvw0M0yfPg_buzfrtgaprztpdhbi4rahulidezg6b1f2vnqk0z3z4k7pllbonjltjaitm7n_OrkBKgdHQO_01ricp6uwopj1q2ov2pe9reptgjrrsss8imebeianglpfq9pn59ev3mm6wmt.jpg)
डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो
%2520(12)_ccg9YI0Vb0_wx6anenxdyl9gn7yijbd4zqsuctea7ax7lajazcwbg5froxwiwzfwvxxzmcj_sljlBH486w_p0udilbid6el6tsfrkcyzbzgrb0loqme6y3wxyi0o1zdc4vpqmynvi0m58e6.jpg)
पोखरामा पहिलो ‘नाडा अटो शो २०२५’ सम्पन्न
_8CvvJHEh1n_ojah61gs4qevxwqcgwcfm3i9qiqiowdkqop48ril4eti61ysadgqiat0jnwm_E1P5zD4TPd_4wqpc1srlgsm4ewhtx1e6egzokrm2sy5jcreixml2jd1pbxsecihqpeymizu.jpg)
निगमले घटायो पेट्रोलियम पदार्थको मुल्य
_6TNRIBI5Kp_9pyf3zavrf90bbppvwyxkdyhdqzpbtidz7h0dc1jcenglqfweuote0vhiarz_uNiQCMhnUI_bvwf32prpon1zyfogz4rnoa1pfve0zqjmc809s1novqne2rt8sny6tgep4v2.jpg)
मोवाइल व्यवसायी महासंघको प्रदेश स्तरीय भेला चितवनमा

प्रतिक्रिया