एमालेको कारवाहीप्रति आक्रोश : ‘फरक मत राख्नेमाथि कारवाही गरिनु गलत’
_GdOZXnuGPI_niqfpenxl7fkkywfs9otanueflorj66x4hjhyyyyltl1erorptsalyf1e1oe_CU0ZcafiBB_eymrawkdvgoqsx4plhph31cq8r2lzkdmtrjo74yjtrah6ywjzhn1e1trbv1i.jpg)
काठमाडौं ।
राजनीतिक दलहरुले भिन्न मत राख्नेहरुलाई कारवाहीको डन्डा चलाएर लोकतन्त्रमाथि धावा बोलेको एक कार्यक्रमका वक्ताहरुले धारणा राखेका छन् । मायाको पहिचान नेपालले सोमबार आयोजना गरेको अन्तरक्रियामा बोल्दै वक्ताहरुले दलहरुमा लोकतान्त्रिकीकरण आवश्यक भएको औंल्याए । बृहत नागरिक आन्दोलनका अगुवा संजिव उप्रेतीले दलहरुभित्र लोकतन्त्रको अभ्यास कमजोर रहेकाले नागरिक तहबाट खबरदारी आवश्यक भएको बताए । ‘दलको नेतृत्वप्रति प्रश्न उठाउँदा कारवाही गर्ने, पार्टीभित्रको गलत निर्णय हुँदा औंला उठाउने जोकोही कारवाहीमा पर्नु लोकतान्त्रिक होइन् । यसका लागि नागरिक तहबाट खबरदारी जरुरी छ,’ उनले भने ।
नेकपा एमालेको स्थायी कमिटी सदस्यबाट निलम्बनमा परेकी बिन्दा पाण्डेले आफूले उठाएको मुद्दा ठिक हो भन्नेहरुको संख्या ठूलो रहेको बताउँदै समाजवाद उन्मुख पार्टीको निर्णय गलत भएको बताइन् ।
‘मौलिक हक र अभिव्यक्ति स्वतन्त्रताको हक संविधानले व्यवस्था गरेको छ । संविधानभन्दा माथि कुनैपनि राजनीतिक दल हुन सक्दैन् । पार्टीहरुले मत र मन जितेर अघि बढ्नुपर्छ । एमालेले हामीहरुमाथि गरेको निर्णय गलत छ,’ उनले भनिन्,‘सबैकुरा तथ्यले प्रमाणित गर्दै जान्छ । म ६ महिना होइन एक बर्ष कारवाही भोग्न तयार छु । तर सत्य बोल्न छाड्दिन ।’
आफू जन्मिदै एमाले भएको बताउँदै पाण्डेले आजीवन एमाले भएर बस्ने प्रतिवद्धता पनि जनाइन् । ‘म एमालेको सिद्धान्त पढेर हुर्किएकी हुँ । सत्य बोल्दा अनुशासनको कारवाही मेरा लागि केही होइन् । एमालेबाट अलग हुने परिकल्पना गर्न सकिदैन् । पाँच दशक एमालेमा सक्रिय भएका भीम रावललाई निस्कासित गर्नु ठूलो गल्ती हो, उनले भनिन् । उनले संविधान संशोधन संख्याका आधारमा हुने भन्दै संख्या नपुगे संविधान संशोधन नहुने बताइन् । उनले संविधान संशोधनका लागि जनमत आवश्यक पर्ने पनि बताइन् ।
त्यस्तै एमालेकै केन्द्रीय कमिटी सदस्यबाट निलम्बनमा परेकी उषाकिरण तिमल्सिनाले पार्टीले कारवाही गर्दा आफूहरु सेलिब्रेटीजस्तो भएपनि पार्टीभित्र निराशा छाएको बताइन् । ‘हामी एमालेमै राजनीति गर्ने हो । तर कानुन र समाजलाई असर पर्नेगरीका निर्णय मान्न तयार हुन सकिदैन्,’ उनले भनिन् । कार्यक्रममा माओवादी केन्द्रका रामकाजी महर्जन, सीता गौडेललगायतले सार्वजनिक मुद्दामा बोल्दा कारवाही गरिनु गलत भएको बताए ।
कार्यक्रममा मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले लोकतान्त्रिक दलहरुमा भिन्न मत राख्नेहरुलाई स्पेस नदिनु दुःखद भएको बताए । उनले भने,‘फरक मत राख्नेहरुलाई कारवाहीको डन्डा चलाइनु लोकतान्त्रिक विधि होइन् । दलहरुभित्र लोकतान्त्रिकीकरण आवश्यक छ ।

नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
_D3BeYo1vqv_xftazfohlkw2qtglticbkq4blixiws0vslcm5yrwhz9yq1fxpkjn3k3qllnd_jl2djhhaHx_agrgnea6zzzb9r30wwvyl9iyljctf24gctsfs33mwdtxej4bp0hb9h6fn40r.jpeg)
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुु पर्दैन : प्रधा…
%2520(12)_GrcNHLYZTm_19p5mzels5hm1aq0e4zpdtmrjifx1p6iwofeduvmkhizzisykxcvya7xk0su_MYOR5UV3yA_ynv7ph5dbrad6nb4lnqftac1fgfj2zcvxwdcmum3hcozttjfklyvjkeiuvzq.jpeg)
जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्…

रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै
%2520(2)_2OHfomj8Nm_di0lapdnk5klowcdcmpswiheey4hoxopconeeadddcshdqsoyq5a3qudtmxb_YzsI9MwfDe_xcmizjsafdt6ggcfvzldzxrmhw0xrnbsudvlnqnajm3zvv4lbmbf23gv2rxv.jpg)
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै,यस्तो छन् कार्यसूची
_bjuaMVIhlL_zjrxml5wl0xfa0xe6sirujwvychgrjvw8hroqsbmc763r19o68pex24onxde_pGggfjW7aP_i1b243ndriqut0zihaqy5fjzre3qmlc0gnzai91ipezpwmvdoefidpnlb5ng.jpg)
विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्रीको आग्रह
%2520(1)_eKYKJdfTnJ_ozb9nsxerlkfaibuw1kano3utsnlptbgyvdrsli7dyemg0zcypqmhji8t2ze_Eg0AEzdF50_8r6zkfgiazkxas6zqrgnxl4ndftmgyidvmq0f6a8hi2o34stchxq3ikj6las.jpg)
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
_nACo5kMwBq_wc2d4b53xqqd76s9wyyffobzvhahq7c9kgsj39rxfku1b2k4hiocr5qk836r_R2AKSHEyod_aylsjqqhfjynn0oyuugbtyhgema6enfg6hcrvjndop0htqvailtzfnqjl6hv.jpg)
प्रतिक्रिया