नगर प्रमुख रेग्मीद्वारा कालोपत्रे सडक शिलान्यास

रत्ननगर, 

कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मीले सिद्धि तीन दोभान देखी कालिका ११ नं. वडा कर्यालयसम्म पहुँच सडक शिलान्यास गरेका छन् । कालिका नगरपलिका अन्तर्गत कालोपत्रे सडकबाट नजोडिएको एक मात्र ११ न वडा कर्यालयलाई पक्की सडकबाट जोड्न संघिय समपुरक अनुदान अन्तर्गत संघिय सरकारबाट रु १ करोड ९० लाख र कालिका नगरपालिकाबाट रु १ करोड ९० लाख गरि रु ३ करोड ८० लाख बजेटबाट सिद्धि तीन दोभान देखी कालिका ११ नं। वडा कर्यालयसम्म सडक नगर प्रमुख रेग्मीले शिलान्यास गरेकाहुन् ।

कालिका नगरपालिकाको आर्थिक वर्ष २०८१र०८२ को बजेटबाट बिनियोजन भएकोमा उक्त योजना कर्यान्वयनको लागि रु ४ करोड १५ लाखको लागत अनुमान स्वीकृत गरि ठेक्का आव्हान गर्दा फर्म श्री शक्ति शिव जिआरम जे।भि।ले रु २ करोड ८८ लाख ८५ हजारमा ठेक्का पारी सडक कालोपत्रेको सुरुवात गरेको छ ।

सडक निर्माण साथै पक्की आरसी नाला २ हजार ८ सय मिटर निर्माण हुने उनले बताए । उक्त ठेक्का २०८२ साल असार १५ गते सम्म सक्ने गरि निर्माण ब्यवसायीसंग सम्झौता भएको नगर प्रमुख रेग्मीले जानकारी दिए ।

उक्त सडक निर्माण सम्पन्न हुदा १७ सय मिटर कलोपत्रे, २ सय २३ मिटर ढलान सडक गरि ११ नं। वडा कर्यालय सम्म जोडनेछ । साथै, ११ नं। वडा कर्यालयबाट रन्तेस बजार सम्म उच्च स्तरिय १ हजार १ सय मिटर सडक पनि निर्माण कालिकाका ईन्जिनियर किशोर कोईरालाले जानकारी दिए ।

शिलान्यास कार्यक्रममा नगर उपप्रमुख विमला तामाङ, पूर्वाधार विकास समितिका संयोजक लक्ष्मण पौडेल, कालिका वडा नं। १० का वडा अध्यक्ष नरजंग प्रजा, ११ का वडा अध्यक्ष कृष्ण वहादुर प्रजा, योजना अधिकृत शिव प्रसाद पोखरेल, नगरका सव ईन्जिनियर सुदिप भट्टराई लगाएत राजनैतीक दलहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित