आर्थिक क्षेत्रका कानुन सुधारको प्रयास सकारात्मक : चेम्बर

काठमाडौं ।
आर्थिक तथा व्यवसायिक वातावरण एवं लगानी अभिवृद्धिका लागि सरकारले ल्याएको अध्यादेश सकारात्मक र दुरगामी महत्वको रहेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । सार्वजनिक सेवा सुधार गर्दै व्यवसायिक वातावरण र लगानी अभिवृद्धिका लागि कानुनमा संशोधन गर्न सरकारले ल्याएको अध्यादेश सकारकात्मक रहेको चेम्बरले उल्लेख गरेको छ । चेम्बर अफ कमर्सद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सार्वजनिक सेवा सुधार, र आर्थिक तथा व्यवसायिक वातावरण एवं लगानी अभिववृद्धि गर्न अध्यादेश आएको छ यसले मुलुकको आर्थिक वातावरणमा सुधार र लगानी अभिवृद्धि हुने विश्वास लिएका छौं ।’
अर्थतन्त्रको सुधार एवं लगानीमैत्री वातावरणका लागि चेम्बर अफ कमर्सले कानुनी पाटो सुधार गर्न सरकारको ध्यानाकर्षण गराउँदै आएको थियो । वर्तमान अर्थतन्त्रको अवस्था सुधार गर्न सरकार प्रतिवद्ध रहेको देखिएको चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले बताए । रकम फिर्ता लैजान चाहने विदेशी लगानीकर्ताको प्रस्ताव ७ दिनमै स्वीकृत हुने अध्यादेशमा उल्लेखित व्यवस्थाको चेम्बरले स्वागत गरेको छ । यसले मुलुकभित्र लगानीको राम्रो वातावरण रहेको सन्देश जाने चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले बताए । उनले भने, ‘चेम्बरले अन्तराष्ट्रिय लगानीकर्ताका लागि लगानी सम्मेलनका क्रममा उठाएको इजी इन्ट्री र इजी एक्जिटको विषय सम्वोधन भएको छ । ’
सूचना प्रविधि उद्योगले विदेशमा कार्यालय खोल्न र लगानी गर्न सक्ने अध्यादेशमा उल्लेखित प्रावधान आईटी क्षेत्रको विकासका लागि काशेढुङ्गा भएको चेम्बरको ठहर छ । आर्थिक तथा व्यवसायिक वातावरण सुधार एवं लगानी अभिवृद्धि सम्वन्धी अध्यादेशबाट विभिन्न ११ वटा र सुशासन प्रर्वद्धन तथा सार्वजनिक सेवा सम्वन्धी अध्यादेशबाट १३ वटा कानुनमा संशोधन हुनु अर्थतन्त्रको दिगो विकासका लागि महत्वपुर्ण भएको चेम्बरले उल्लेख गरेको छ ।
जग्गा बाहेक स्थिर सम्पत्ति वा सम्झौताको धितो राखेर पनि ऋण लिन सकिने व्यवस्थाले अर्थतन्त्र र वित्तीय क्षेत्रलाई चलायमान बनाउन सहयोग पुग्ने चेम्बरले विश्वास लिएको छ । बैंक तथा वित्तीय क्षेत्रमा अधिक तरलता रहेको सन्र्दभमा अध्यादेशमा उल्लेखित प्रावधानले केही सहजता प्रदान गर्ने अध्यक्ष अग्रवालले बताए । विशेष आर्थिक क्षेत्र सेज उद्योगलाई प्राथमिकतामा राख्नुलाई पनि चेम्बरले महत्वपुर्ण कमद भनेको छ । विशेष आर्थिक क्षेत्र ऐन २०७३ संशोधन गरी सेजका उद्योगीलाई ७५ प्रतिशत निर्यात गर्ने वाध्यात्मक अवस्थाको अन्त्य हुनुलाई सकारात्मक रुपमा लिएको चेम्बरले जनाएको छ । सेवा क्षेत्रलाई पनि सेजमा आवद्ध गर्ने गरी अध्यादेशमा उल्लेखित व्यवस्थाले सेजमा निजी क्षेत्रलाई सहजीकरण गर्न खोजिएको चेम्बरले जनाएको छ ।
हाल सञ्चालनमा रहेका उद्योगहरु विशेष आर्थिक क्षेत्र सेजमा सारिएमा कर छुट दिने व्यवस्थाको स्वागत गर्दै चेम्बरले आन्तरिक उत्पादन देखि बजारीकरणसम्म सहज हुने अपेक्षा समेत गरेको छ ।
यस्तै विवरण नबुझाएका कारण कम्पनीलाई लाग्ने जरिवानामा ९० प्रतिशत सम्म छुट दिन अध्यादेशमा गरिएको व्यवस्थालाई पनि चेम्बरले स्वागत गरेको छ । यसले औद्योगिक वातावरण केही सहज हुने चेम्बरले उल्लेख गरेको छ । अर्थतन्त्रको शिथिलतालाई अन्त्य गर्न अध्यादेश महत्वपुर्ण भएको भन्दै संसदको हिउँदे अधिवेशनबाट अध्यादेश टुङग्याउन समेत चेम्बरले सरकारको ध्यानाकर्षण गराएको छ ।

नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी काठमाडौंमा सुरु
%2520(3)_Moo8yiM1ev_8vn77kfntcx5ubboq9lhn77rbely2k8kab0gn1ovw6pcwq95kpswmtpc62yd_bc6oEjaT0A_pqslva5qpejinpb332a17rgxknsdjihfh6dvfjjh203ardbcpc85n8qow6y6.jpg)
प्रोटोन ब्राण्डको पहिलो विद्युतीय कार ‘ई–मास सेभेन’ अब नेपाली बजारमा

नेपाल इको प्यानल: दिगो र किफायती निर्माण प्रविधिमा नयाँ युग

चौथो वृत्ति तथा रोजगार मेला आयोजना गर्दै बुढानीलकण्ठ नगरपालिका
_GF5ybCSSFh_2ccuhxtkdbrluki0hhlqpstiivn856lzg7lrdmb0vzssclyl4uajevgsi2kr_nYjXypTEm2_aqvbikr9qfpqcwsnp3bzwqywt0vsptoxsqqainznzhvflxmvgqg1h2z3awef.jpg)
आठौं चेम्बर एक्स्पो माघ १७ देखि २१ गते सम्म भृकुटीमण्डपमा
%2520(14)_I0qFgNKTpO_jywwoumjvonvtylnhmphz4bteeoszrblhbqahwmq42qo1t6wemzkylydy97y_SZ8ca6ZdlG_6vuotgmarpspd6eq3bphl63sd8ccjskwf5d5kxkz5odm79rmsoglnnmunu76.jpg)
काठका भाँडा बनाउने आधुनिक प्रविधि, मनग्गे आम्दानी
_Csm9mJro2L_mgltgcqhtvwudp6vcnpvo2kvpqto0ke2vscdhiuc3ouvquvguscxkp98ap4g_LabT225XW6_mz2fddldlewdn0j3knzfp7cwesl9ue8calijtcvlvya6402vhqubboitfsfg.jpg)
आईटी उद्योगको विस्तारका लागि लगानी सहजीकरण गर्ने चेम्बरको तयारी
_vpJxtArNPZ_zh7dw5phkogmaojjitwyavuaooxbnqunx7k8eojxkjhjt8slsswfbfh1nnur_W5k7XKPhIS_5wc4aheziwk29hiydc99ovewoxbyuto0cfnjiyoq61x7a5yqmtufhnfcojzt.jpeg)
प्रतिक्रिया