चितुवा मृत अवस्थामा फेला


रौतहट ।

रौतहटको बलेरीको नहरमा एक चितुवा मृत अवस्थामा फेला परेको छ । चितुवाको मुखबाट रगत आएको कारण चोरी सिकारीले मारेको हुन सक्ने आँकलन गरिएको छ । यद्मपी चितुवा नहरको पानीले बगाएर ल्याएको अवस्थामा फेला परेको स्थानियले बताएका छन् । चोरी सिकारीको उदेश्यले मारेको हुन सक्ने स्थानीय रुप नारायण पटेलले बताए ।

उनका अनुसार वृन्दावन नगरपालिका–१ बलेरीको नहरबाट कृषकको खेतसम्म आइपुगेको हो । तर डिभिजन बन कार्यालय रौतहटले सिकारीले मारेको नभइ आफैं मरेको बताएको छ । चितुवाको प्रकृति हेर्दा कालगतीले मरेको देखिएको डिभिजन वन कार्यालय रौतहटका निमित्त प्रमुख राम गणेश साहले बताए । यस विषयमा अनुसन्धान गरिने  उनले जानकारी दिए । 

मरेको चितुवालाई स्थानीय प्रशासन र जनप्रतिनिधिको रोहबरमा खाडल खनेर पुरिएको छ । पछिल्लो समय रौतहटको बनमा लोपोन्मुख बन्यजन्तु देखा पर्न थालेका छन् । 
 

प्रतिक्रिया

सम्बन्धित