नेपालमा संघीय गणतन्त्र र धर्मनिरपेक्षता
मुलुकमा २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनबाट संस्थागत भएका संघीय गणतन्त्र र धर्मनिरपेक्षतालाई ठूला उपलब्धीहरू मानिदै आएका एजेण्डाहरूले देशमा स्थायीत्व सुधृणिकरण होला नहोला यसको समय र समाजले समीक्षा गर्ने छ । गणतन्त्र भनेको प्रत्यक्ष जनसहभागिताद्वारा सबैको आत्मनिर्णयको सुनिश्चित गर्ने ब्यबस्था हो । तर, अहिले यसलाई गलत तरीकाले प्रयोग गरिदै हरेक सेवा सुबिधाहरूको समर्थन या बिरोध सडकमा निक्लियर गर्ने गरिन्छ । यसले लोकतान्त्रिक पद्दतिको मजाक बनाएको छ । बिभिन्न स्वार्थ समूहहरूले यस्ता गतिबिधिहरू बल्झाइरहने गर्दछन् । यसरी गणतन्त्रको नाममा राजनितिक अगुवाहरूले बिभिन्न निकायहरूमा दोहन गरी आफ्नो अभीष्ट हासिल गर्दै आएका छन् । हाम्रो देशमा हुने गरेको सत्ता परिबर्तनले शान्तिपूर्ण राजनैतिक स्थायीत्व कायम गर्न सकेन बरु (गणतन्त्र जनताद्वारा जनताका लागि भन्ने शब्दलाई केही मात्रले केही मात्रको लागि जस्तो गरी) सभ्रान्त बर्गहरू लाई नै सुरक्षित गरी दिएको छ । गणतन्त्र के हो, यसको प्रयोग कसरी गर्ने भन्ने बिषयमा नै अझै जनताहरू अलमल्ली रहेका छन् । साझा निष्ठा सहित अघि बढ्न नसकिरहेको समाजमा जातीयताको बीजारोपण गरी जनतालाई भ्रमित बनाउ“दा राजनीतक प्रक्रिया नै उल्टो गतिमा चलिदियो । खुकुलो राजनैतिक वातावरणले समाजमा बिभिन्न तरीकाले उपयोग बढ्दै जानुले गणतन्त्रमा बिस्वास गर्ने जनता र समाजबाट गणतन्त्रले आस्था गुमाउ“दै गएको छ । लोकतान्त्रिक गणतन्त्र मा पनी ठूलालाई चैन सानालाई ऐन भन्ने भाबना समाजमा ब्याप्त छ । शक्तिको आडमा खुलम खुल्ला आफ्ना निहित स्वार्थ पूरा गर्ने अधिकारीहरू राज्यद्वारा संरक्षित हुँदा लोकतान्त्रिक गणतन्त्रको साख गिर्दो अबस्थामा छ ।
धर्मनिरपेक्ष किन र कहाँ बाट आयो ?
अनादी कालदेखि हाम्रो मुलुक नेपाल बिश्वको एक मात्र हिन्दू राष्ट्रको रुपमा प्रतिष्ठित छ । हिन्दू राष्ट्र भित्र निर्बाध रूपमा धार्मिक स्वतन्त्रता रहेको हुन्छ । यसले गर्दा अल्पशंख्यक धर्मावलम्बिहरुलाई पनी सुरक्षित गरी सामाजिक सद्भाव बनाई रहेको हुन्छ । जनताको अभिमतबिना जन चाहना बिपरीत गरिएको धर्मनिरपेक्ष घोषणाले मुलुकलाई अस्थिरता पैदा गर्ने कुरामा कुनै दुई मत नै छैन । सनातन हिन्दू धर्म, मन्दिर, गुम्बाहरूको देश जहा ९५.५ प्रतिशत भन्दा बडी ॐ आकार धर्मीहरू रहेको मुलुकमा किरातेश्वरलाई राष्ट्र देबताको रुपमा मान्ने देश ऋषिमुनिहरूको देबस्थललाई जबरजस्ती धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्नु लोकतान्त्रिक गणतन्त्रको उपहास गर्नु हो । एकातर्फ उदयमान शक्तिराष्ट्र चीन र उसको स्वसासित क्षेत्र तिब्बतप्रति लक्षित रणनीति अर्को तर्फ बिशाल भारत र उसले अमेरिकी र यूरोपको ठूलो बजार ओगटने हुँदा यी सबै अमेरिका, युरोप, चीन र भारतले क्रीडा गर्ने स्थल बनेको छ नेपाल । नेपाल अस्थिर हुनुमा नै उनीहरूको स्थाई उपस्थिति हुनु हो । त्यसको निम्ति नेपाली समाजमा रहेका सामाजिक, धार्मिक, जातीय र सांस्कृतिक सद्भाब कुनै न कुनै माध्यमद्वारा ध्वस्त पारी आफ्नो पकड दरो बनाउने उदेश्य पूरा गर्ने रणनीति अनुरूप देशमा धर्मनिरपेक्ष र जातीय संघीयता ल्याइएको हो । जातीय संघीयता नेपालमा एक सयभन्दा बढी जातजाति भेषभूसा भएका मानिसहरू बसोबास गर्ने गर्दछन् । यस्तो अबस्थामा जातीय प्रदेशको कल्पना पनी गर्न सकिन्न । भौगोलिक बिकटताले घेरिएको हाम्रो देश त्यसै पनी बिपन्न छ । बिकास पुर्बाधारका हिसाबले अत्यन्त पिछाडीएका ठाउ“हरू पनी छन् । जहा“ स्वास्थ्य शिक्षाको पहुँच राम्ररी पुग्न सकेको छैन । त्यस्तो ठाउ“का जनताहरू भौतिक र भौगोलिक हिसाबले केही सम्मन्न ठाउ“हरूमा बसाई सरेर आउनुले धेरै समाज मिश्रीत भएको छ । यसले गर्दा पनी जातीय गणराज्यको लागि अप्ठेरो देखिन्छ । भौगोलिक बिकटताको कारण हिमाल पहाडमा बिकास हुन सकेको छैन । त्यस क्षेत्रका जनतालाई समेटेर कुनै जातीय प्रदेश बनाउन त्यहा“को स्रोत र साधनले पुग्दैन, दक्ष जनसक्तिको अभाब हुन्छ । त्यस्तो हुँदा पनी नेपालमा जातीय गणराज्य सम्भब छैन।
प्रतिक्रिया